एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनाव गराउने हो भने
प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाएको महाभियोग प्रस्ताव कांग्रेस र
माअाेवादी केन्द्रले फिर्ता लिनुपर्ने बताएका छन् । 
सोमबार पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘ चुनाव गराउनु पर्ने समयमा यो सरकार नचाहिँदो बाटो हिँडेको छ । चुनाव गर्ने हो भने यो सरकारले महाभियोग भोलिनै फिर्ता लिनुपर्छ । महाभियोग एमालेलाई कुनै पनि हालतमा मान्य छैन । सरकार बदनियत ढंगले चलेको छ । ’
उनले महाभियोग प्रस्ताव पास गराउन भन्दा पनि कार्कीलाई बद्नाम गर्न मात्रै ल्याइएको आरोप लगाए ।
कार्यक्रमा ओलीले राखेको धारणाको मुख्यमुख्य अंश
लोकमानसिंह कार्कीका विरुद्ध जब महाभियोग लगाइयो । त्यो समदेखिनै लोकमानका वकिलहरुले अन्तराष्ट्रिय शक्तिकेन्द्र धाएका थिए । त्यसको आक्रोश स्वरुप महाभियोग आयो ।
– नवराज सिलवालले पेश गरेको फाइल फोरेन्सिक ल्याबमा प्रमाणित हुँदैन । अदालतसँग धेरै प्रमाण सुरक्षित हुन्छन् । सरकारले नै किर्ते गरेको हो । किर्तेहरु डराएर महाभियोग ल्याए ।
–भोलि नै सिलवालको मुद्दा फैसला हुने थियो । त्यही भएर यो प्रपञ्च रचियो ।
–महाभियोग पास हुँदैन । पास गर्न ल्याएको होइन। प्रधाननयायाधीशलाई बद्नाम गर्न ल्याइएको हो ।
चुनाव गराउनु पर्ने समयमा यो सरकार नचाहिँदो बाटो हिँडेको छ । यो सरकारले महाभियोग भोलिनै फिर्ता लिनुपर्छ । यो एमालेलाई कुनै पनि हालतमा मान्य छैन । सरकार बदनियत ढंगले चलेको छ ।
–दुई चरणमा चुनाव गराउने मिति सरकारको स्वयच्छाचारी ढंगले ल्याएको हो । चुनावी बजेटको प्रचार गरेर चुनाव हुँन दिँदैनौं ।
–दुई चरणको चनाव मान्य छैन । दुई चरण गर्ने नै पर्ने हो भने ४–५ दिन पर सार्न सकिन्छ । एक महिनाको फरकमा चुनाव हुन सक्दैन । एक महिनासम्म मतमेटिका रुँगेर कार्यकर्ता बस्न सक्दैनन् ।
–सरकारले भनेको नमान्दा प्रधानन्यायाधीशलाई थर्काएर महाभियोग ल्याउँछन् । मतदातालाई यो सरकारले कति थर्काउलान् ।
–सरकारले बजेटको लागि बाधा अड्काउ विधेयक ल्याउन खोज्दैछ । त्यो एमालेलाई मान्य छैन ।
–धाँधली गरेर सरकार चुनाव गराउन चाहन्छ । त्यो एमालेलाई मान्य छैन । एमाले देश बनाउने पार्टी हो ।
सो क्रममा एमालेले ५२ पेजको ५३ बुँदे घोषणापत्र सार्वजनिक गरेको थियो ।

परिवर्तनपरिवर्तन इमोसनइमोसन