काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एकसाताभित्रै राजीनमा दिने बताएका छन् ।
त्यसभन्दा अघि नै संविधान संशोधन गर्ने प्रतिवद्धता पनि उनको छ । राजपा नेपालका नेताहरुसँग सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री दाहालले एकसाताभित्रै राजीनामा दिने बताएका हुन् ।
उनले संसद्मा सम्बोधन गरेर राजीनामा दिने बताएका हुन् । राजपा नेता राजेन्द्र महताले बाह्रखरीसँग कुरा गर्दै प्रधानमन्त्रीले आफूहरुसँगको कुराकानीमा राजीनामा दिने बताएको जानकारी दिए ।
“एकसाताभित्रै राजीनामा दिने बताउनुभएको छ,” महतोले भने, “तर हामीले हाम्रो कुरा स्पष्टसँगै राख्यौं । संविधान संशोधन र तराइमा जनसंख्याको आधारमा स्थानीय तहको संख्या बढाइएन भने हामी निर्वाचन जान सक्दैनौं भनेका छौं ।”




परिवर्तनपरिवर्तन इमोसनइमोसन