Advertize with us.............

‘घातक प्रदुषण फैलिएको गुनासो’


सहदेव कार्की
इटहरी ः
इटहरी उपमहानगरपालिका वाड नं. ५, धरान रोड, तुलसा टोल सामु रहेको श्री आनन्द सेलर राइस मिलको प्रदुषण प्रति घोर गुनासो बढेको छ।
स्थानिय विरेन्द्र टोल राधामार्ग, गंगामार्ग, शिवालय टोल कविर मार्ग र हलगडा क्षेत्रका दिपक महत, विकास राई, राजेद्र सापकोटा ,दिपक खड्का, राजेन्द्र गुरागाई, दुर्गा ढुङ्गाना, अरुन कार्की, रोसन श्रेष्ठ र बेबीलोनका केही विद्यार्थीहरु लगायतले आनन्द सेलर राइस मिल को प्रदुषण नियन्त्रण नभएकोमा घोर गुनासो गरेका छन्। वहांहरुको भनाइमा आनन्द सेलर राइस मिल  संचालक मोती अग्रवालले स्थानिय बासीले प्रदुषण सुधार बारे दिएको जानकारीलाई नसुन्ने र हेपाह व्यवहार देखाएर हालसम्म नसुधारेकोले धेरै भन्दा धेरै जनधनको क्षति हुनेगरी घातक प्रदुषण फैलाइरहेको हुदा इउमपा, इलाका प्रहरी कार्यालय र स्वास्थ्य विभाग संगै नागरिक समाजका अग्रजहरुमा प्रदुसण नियन्त्रणका सकारात्मक पक्ष र विधीलाई मनन गरि रोकथाक गराउन सूचित गरिन्छ। उल्लेखीत विषयलाई सम्बन्धित पक्षले खेलाची बुझेमा भैपर्ने जोखिम र जनधन क्षतीको भागीदार हुनुपर्ने सूचना प्रकाशित गरिएकोछ भने सेलर मिल सांध सिमाना आसपासका बासिन्दाहरु एक हुने बेला भएकोछ । साथै मिल क्षेत्रको सरकारी ऐलनी जमिन बर्षौं देखि कब्जा जमाइ भोग चलन गर्दै आएको समेत खुलेको छ । 

अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस