Advertize with us.............

६ लाख ८० हजार घुस लिँदा लिँदै नापी कार्यालयका सर्वेक्षक पक्राउ

६ लाख ८० हजार घुस लिँदा लिँदै नापी कार्यालयका सर्वेक्षक पक्राउ
   झापा /  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख ८० रुपैयाँ घुस लिँदा लिँदै नापी कार्यालय दमकका कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नापी कार्यालय दमकका सर्वेक्षक विनोदकुमार मण्डल रहेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक रमेश बस्नेतले बताउनुभयो ।
सेवाग्राहीको ३० हजारमा हुने कामका लागि उनले ६ लाख ८० रकम मागेपछि पक्राउ गरिएको वस्नेतले बताउनुभयो । मण्डललाई आज दिउँसो अख्तियारको टोलीले उनकै कार्यकक्षबाट रंगेहात पक्राउ गरेको हो । दमकका एक जग्गा व्यवसायीको प्लटिङको जग्गाको काम मिलाइदिने भन्दै घुस लिँदा लिदै उनलाई पक्राउ गरेको बताइएको छ ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस