Advertize with us.............

पूर्व सभासदसहित विप्लव माओवादीका कार्यकर्ता असनबाट गिरफ्तार




जेठ २, काठमाडौं – पूर्व सभासद धर्मेन्द्रा उपाध्यायसहित नेत्रविक्रम चन्द (विप्लव)का ६ जना कार्यकर्तालाई काठमाडौं प्रहरीले असनबाट नियन्त्रणमा लिएको छ । मंगलबार स्थानीय निर्वाचन बिरुद्ध बिरोध कार्यक्रमको तयारी गर्दै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
विप्लवका आधा दर्जन कार्यकर्ता नियन्त्रणमा लिएको जानकारी दिँदै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) छविलाल जोशीले भने, ‘निर्वाचनको वातावरण भोलीको दिनमा पनि सुरक्षित बनाउन नियन्त्रणमा लिएका हौं ।’
पक्राउ परेकी पूर्व सभासद उपाध्याय हाल नेपाल कम्युनिष्ट पार्टीकस् केन्द्रीय सदस्य हुन् । पक्राउ पर्नेहरुमा काठमाडौं बानेश्वर बस्ने एल के रायमाझी र कैलालीका विवेक विष्टसहित आधा दर्जन रहेका छन् ।
पूर्व सभासद उपाध्यायलाई महानगरीय प्रहरी वृत दरबारमार्गमा राखिएको छ, अन्यलाई जनसेवा र सिंहदरबार वृत्तमा रखिएको प्रहरी स्रोतले जनाएको छ ।
यता विप्लव माओवादीले प्रहरीले पञ्चायतकालीन हर्कत देखाएको प्रतिक्रिया दिएको छ ।



अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस