नेपाल सरकारले एकै चरणमा निर्वाचन हुने गरी यही बैशाख ३१ ग्तेका लागि निर्वाचनको मिति घोषणा गरेपछि सुनसरीमा बैशाख १५ गतेको समय सिमा तोकी हतियार बुझाउन सुचना जारी गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालयले दर्ता भएका हतियारहरु बुझाउन सर्वसाधारणलाई सुचना जारी गरेकोमा बैशाख अन्तिम साता सम्म ४३ वटा मात्र हतियार प्रहरी कार्यालयमा वुझाइएको सुनसरीका प्रहरी प्रमुख पोषराज पोखरेलले जानकारी दिए । उनले जिल्लामा दर्ता भएका हतियारहरुको संख्या पाँच सय ७२ रहेको भएपनि द्धन्द्धका समय केहीले बुझाएको तथा कुनै कुनै दोहोर दर्ता भएको पाइएको समेत बताए ।
निर्वाचनका समयमा सुरक्षा सर्तकताका लागि दर्ता भएका हतियारहरु प्रहरीलाई बुझाउन आग्रह गरिए बमोजिम हतियारहरु वुझाउने क्रम जारी रहेको छ । सुनसरीमा २०६८साल पछि जम्मा ७८ हतियारको मात्र नविकरण भएको पाइएको समेत प्रहरी उपरिक्षक पोखरेलले जानकारी दिए । निर्वाचन हुने १५ दिन अघि सम्म आफनो नाममा भएका हतियारहरु प्रहरी कार्यालयमा नवुझाउनेहरुको हतियार नियन्त्रणमा लिने समेत पोखरेलले बताए ।
अवैद्य साना हतियारका कारणमा समय समयमा सुनसरीमा अपराधिक गतिविधिहरु समेत हुने गरेको छ । खुल्ला सिमानाका कारण हुने यस्ता अपराधिक गतिविधि नियन्त्रणका लागि समेत भारतीय पक्षसंग समन्वयन गरी सुरक्षा सतर्कता अपनाइने बताइएको छ ।




परिवर्तनपरिवर्तन इमोसनइमोसन