
सहदेव कार्की,
नेपालको कलाकारीता र साँघूरो सांगितीक व्यवसाय माझ भोजपर बासिखोरा ४, मा जन्मन भै इटहरी बस्तै आएकी २२, वर्षीय गायिका गुरास राई सँग गरीएको कराकानि ः
गुरास राईको पहिलो कला यात्रा को कस्को सहयोगबाट शुरु भएको हो ?
म सानै १३ वर्षको उमेर देखि धरानमा गायन बाट सुरु भएको हो ,यसमा नपुग कुराहरु सिक्ने क्रममा छु । एक डेढ वर्ष अघिदेखि गीत र भिडियो आइरहेका छन् भने मेरो बाबा, ममी सँगै अंकल को हौसला र सहयोग पाएर यसलाई निरन्तरता दिई रहेको छु।
अहिले सम्म कतिवटा गीत गाउनु भयो र कुन–कुन गीतमा भिडीयो मोडलिङ्गको अभिनय गर्न‘ भयो नि ?
गीतहरु ४,५ वटा रेकर्ड भएका छन् भने ‘आरजेश एस राईको एल्बम ‘आफ्नै नजरको , बोल ‘जालिमाया ले मलाई पागल बनायो” भन्ने आइता लिम्बुको तिमीले त विर्सेउ अरे एल्बमको ‘कोल्टे फेर्दै यो दुनियामा” भन्ने संगै भर्खरको ईटहरी नगरपालिका बोलको गीत भिडीयो मा अभिनय गरेकी छु,प्राय लिड रोल रहेको छ ।
यस क्षेत्रको आयस्रोत कम्जोर हुन्छ, टिक्ने पेशा चाही के, कस्तो रहेको छ ?
खासै छैन, अति गाह्रो हुन्छ । मेरो भाई कतारमा भएकोले ब्याग्राउण्ड सर्पोट गरेको छ । अरु ठुलो आयस्रोत त केही छैन ७,८ वर्ष अघि देखि लागेकी छु हेरौं प्रयास जारीनै छ । अझै अगाडि बढ्नुछ।
नेपाली सांगितीक क्षेत्रको दुविधा के छन् अनि यसलाई कसरी हटाउने केही छ ?
यँहा निकै ठुलठुला संगीतकर्मीहरु हुनुहुन्छ बृझ्नु पर्ने हो कि नयाँ कलाकारलाई न्युनतम रुपैंयामा गीत एरेञ्ज गरी रेकर्ड गर्ने वातावरण बनाई दिनु पर्ने हो,त्यसो हुन नसकेर एउटा गीत तयार वापत रु.४०,५० हजार कबोल्नाले चाहाना भएका असल नयाँ कलाकारहरुको कम्जोर अवस्थाले खुम्चिन परेको हुदाँ सुधार्नु पर्छ भन्ने हो भने गीत रेकर्ड गर्ने क्रममा एउटा गीत वराबर १०,१५ हजार गुपचुपे भिलेन तरिकामा खाइदिन्छन् यस्तो ठीक होइन ः
अचेल देखिएका लहडेपन् कलाको निम्ती धाउछन् या अखडाको रुपमा धाउछन् के जस्तो लाग्छ ?
प्राय अखडा आउनेहरु छन् केही कला भएकाहरु प्नि भेटिन्छन । रहर लिएर ट्यालेन्ट नभएकाहरु पैसा खर्च गरेर वा स्वार्थमा जोडिएर आफ्नो सौख पुरा गर्न लाग्ने भएको हुनाले विश्वास गुमेको छ ।
नेपाली जीवनशैली आर्थिक बलको अभावले गलत छ यसलाई सुर्धान के गर्नु पर्ला ?
नयाँ प्रकारका सिर्जना भएका तर आर्थिक अभावले उदाउन नसकेका हरुलाई समेटने खाले रकम कोष भैदिए ब्यवसायीक कलाकार हुने अवसर मिल्थ्यो भने राष्ट्रकै फाइदाको कुरा हो केही र कोही बिच कुनैले यो गरिदिन्छु, उ गरिदिन्छु भन्ने आशमा पारेर स्वार्थ पुरा गर्नेहरु पनि भेटिन्छ । लोकप्रिय हुने बहानामा अस्तित्व नगुमाउन साहस बटुल्ने बानी बसाल्नु पर्छ भन्ने हो ।
कला क्षेत्रको काम पार गर्न दुविधाहरु धेरै आई परी रहन्छ गलत बाटो लाग्नेहरु छ छैन ?
अं धेरैको घटनाहरु सुनेको छु यस्तोहरु पनि छन ् त्यस्तो कार्य गर्ने प्रति टाढा रहनु पर्छ तर मलाई यस्तो भएको छैन् किनकी म आफन्त दाईहरु संगका काम र आफ्नै मात्र काम गरेकी भएर होला धेरैले धेरैलाई डुबाएका घटनाहरु पनि छन् साच्चीकै कला भएकाहरुलाई सम्मान हुनु पर्छ ।
राष्ट्रिय ठुलो दर्जाको कलाकार हँु भन्नेको स्वर जस्ताको छानोमा बालुवा फाले जस्तै ट्रर्यार भएकाहरु भ्ेटिन्छन् या छैनन् ?
कतिपयमा तेस्तो घमण्ड छ होला मैले चाँही भेटेको छैन् तर म एक्लो हँु भन्नेको ट्यालेन्ट स्टेज पर्फमेन्स हेर्दा थाहा पाइन्छ । सबैलाई टप्न सक्छु भन्ने घमण्डीले सुधारिनु पर्छ । वहाहरुको अहंमता गलत हो । आफुले सक्ने जे छ त्यो उत्तम हो । यही क्रममा आधुनिक शैलीका एउा गीत ‘तिमीले त विर्सेउ अरे हाम्रो माया प्रेम,भन्दै गाँउन’ भएको थियो । गायिका गुरास राईले ।
अचेल भरि गर्लफ्रेड सँगको उच्छृंखल शब्द भएको मात्र गीत बन्छ सभ्य शब्दभाव बिलाएर हो त ?
नयाँपनको खोजीमा कलाकारहरुले बजारको माग लाई हेरेर शब्द शैली जोड्ने गरेको हुनाले ‘लभस्टोरी’खाले चल्ती आएका हुन् ।
यस्तो गतिविधीले सामुदायिक मर्यादामा छिया–छिया वा कात्तिके सिजन हो भन्ने ?
यस्तो देखिएको छ तर केही भन्न सकिन्न ः सच्चाईको चेतना फेल खाएर आधूनिकपन्ले बढेको अवस्था हो, जस्तो लाग्छ तर केही सच्चाई बुझ्नु पर्छ भन्ने हो वताउँछिन गायिका गुरास राई । (गुरास राई गायिका तथा मोडल ले कक्षा १० सम्म अध्यन गरेकी उदीयमान कलाकार हुन । कलाको दौरानमा सुविधा भन्दा दुविधा भोगेको र आफु संग घुल्मिल हुनेहरु सकारात्मक, नकारात्मक दुवै थरी पाएको बताउनु हुन्छ । ब्वईफ्रेन पाल्ने र शो गर्ने चलन राम्रो या नराम्रो भन्ने विषयको निर्णयमा यस्तो रीति अभिभावक समाजले ग्राह्य गर्दैन र भाइरस फैलिनु नराम्रो हो मास्नु राम्रो भन्नु हुन्छ । खोटाङ छोरम्बु ४ कीे वहाँ सगै डान्सर, मोडल पेशाले कुदेकी यसोदा राईको अनुभव स्वच्छ ज्ञानको विकाश सगै सकारात्मक र नकारात्मक साथै उल्टो आशा लिएर सम्पर्क गर्नेको भिड लाग्ने बताइन् भने उदयपुर की प्रजना गुरुङको अनुभव बुझ्दा प्रगति गर्ने ठाँउमा पुग्न धेरै गारो भएको छ भने विभिन्न आशा लिनेहरु पनि भेटिन्छन् भन्छिन् यही समुहका वसन्त राईको तर्क राय पनि मिल्दो छ सच्चाई सदुपयोग हुन जरुरी छ । )




परिवर्तनपरिवर्तन इमोसनइमोसन