Advertize with us.............

पत्रकार भट्टराईलाई तत्काल रिहा गर्न नेपाल पत्रकार महासंघको माग (विज्ञप्ती सहित)

ललितपुर ,२ जेठ ।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाले गोरखाबाट गिरफ्तार गरिएका पत्रकार विकाश भट्टराईलाई तत्काल रिहा गर्न माग गरेको छ ।

आज विज्ञप्ती निकालेर महासंघले समाचार संकलनका क्रममा कार्यक्षेत्रमा खटिएको अवस्थामा पत्रकारलाई पक्राउ गरेको घटनाप्रति भत्सना गर्दै पक्राउ परेको पत्रकार भट्टराईलाई तत्काल रिहा गर्न माग गरेको हो ।

नागरिकलाई सुसूचित गराउने गहन जिम्मेवारी वहन गर्ने पत्रकारलाई राज्यको निकायले नै पक्रउ गर्ने, पक्राउको विषयमा कुनै जानकारी नदिने जस्ता गैरजिम्मेवारी कार्य गरेकोमा महासंघ जिल्ला शाखा कडा शब्दमा भत्र्सना गर्दछ । साथै पक्राउ परेका पत्रकार भट्टराईलाई तत्काल रिहाइ गरी जनतालाई ससूचित गराउने काममा बाधा नपु¥याउन सम्बन्धित निकायलाई माग गर्दछौं , विज्ञप्तीमा उल्लेख छ ।

शाखा सचिव सविन शर्माद्धारा जारी विज्ञप्तीमा भनिएको छ , महासंघ जिल्ला शाखा पत्रकारलाई निर्वाध र निर्भिक भएर पत्रकारिताको वातावरण निर्माण गर्न गोरखा जिल्ला प्रशासनको ध्यानाकर्षण गराउँछ ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस