सुनसरीको इटहरीमा Under 19 राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ। इटहरी क्रिकेट एकेडेमीको आयोजनामा यहि चैत्र २७ गते देखी ३१ गते सम्म प्रतियोगिता हुने भएको हो।
एकेडेमीले इटहरीस्थित डिभिएम स्कुलमा प्रतियोगिता हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो। चैत्र २७ देखी ३१ गते सम्म बिहान र दिउसो गरेर दुई चरणमा प्रतियोगिता हुने आयोजकले जनाएको छ। प्रतियोगिताकाको सम्पूर्ण तयारी पुरा भईसकेको र पाँच बिकास क्षेत्र र आयोजक गरी ६ टिमले सहभागीता जनाउने कार्यक्रममा जानकारी दिईयो। प्रतियोगितालाई पूर्वाञ्चल ल्युव आयल प्रा.लि. सुन्दरहरैँचा बिराटचौक मोरङ्गले प्रायोजन गरेको छ।
इटहरीलाई क्रिकेटको माध्यमबाट चिनाउन र सक्षम खेलाडी उत्पादन गर्ने उदेश्यले प्रतियोगिता गर्न लागीएको आयोजकको भनाई छ। पत्रकार सम्मेलनमा इटहरी क्रिकेट एकेडेमीका अध्यक्ष कैलास बिष्टले यो प्रतियोगिता उमेरको हिसाबले नेपालको इतिहासमै पहिलो रहेको दावी गर्नुभएको छ।
प्रतियोगिताको बिजेताले नगद ५० हजार रुपैँया ट्रफि, मेडल र प्रमाणपत्र उपबिजेता टिमलाई नगद ३० हजार रुपैँया ट्रफि, मेडल र प्रमाणपत्र त्यसैगरी सर्वाेत्कृष्ट बलरलाई २ हजार ५ सय रुपैँया र हरेक प्रतियोगिताको उत्कृष्ठ खेलाडीलाई नगद पाँचसय प्रदान गरिने आयोजकको भनाई छ। प्रतियोगिताभरी खेलाडीलाई आउने जाने भाडा, खान बस्न एवं बिभिन्न अत्यावश्यक सुविधा प्रदान गरिने आयोजकले जनाएको छ।






परिवर्तनपरिवर्तन इमोसनइमोसन