Advertize with us.............

धनकुटामा मतदान केन्द्र थप्ने तयारी

बैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनको लागि धनकुटामा निर्वाचन केन्द्र थप्ने तयारी गरिएको छ । जिल्ला निर्वाचन कार्यालय धनकुटाले भौगोलिक कठिनाइ रहेका पाख्रीबास र महालक्ष्मी नगरपालिकामा ३ र छथर जोरपाटी, चौविसे र खाल्सा छिन्ताङ शहीदभुमी गाउापालिकामा एकएक वटा मतदान केन्द्र थप्न लागिएको जनाएको छ । भौगोलिक कठिनाइका कारण मतदाताहरु आफ्नो मत प्रयोग गर्नबाट बञ्चित हुनुनपरोस भनेर केन्द्र थप गर्न लागिएको कार्यालयले जनाएको छ । सात केन्द्र थपिएपछि धनकुटामा मतदान केन्द्रको संख्या १ सय १७ पुगेको छ । यी केन्द्रबाट धनकुटाका कुल ९५ हजार ८ सय ८७ जना मतदाताले मतदान गर्नेछन् । यो संख्या २०७० सालमा भएको संविधानसभा निर्वाचनको भन्दा १३ हजार २ सय ५५ जनाले बढि हो । २०७० सालमा ८२ हजार ६ सय ३२ मतदाता थिए  
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस