Advertize with us.............

पक्राउ परेका सिलवाललाई रिहा गर्न सर्वोच्चको आदेश

Image result for photo of nawaraj silwal बिहान पक्राउ परेका डिआईजी नवराज सिलवाललाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । आफूलाई गैरकानुनीरुपमा पक्राउ गरिएको भन्दै सिलवालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटउपर प्रधानन्यायाधीश सुशीला कार्कीको बेन्चले उनलाई अदालतमा उपस्थित गराएर आजै थुनामुक्त गर्न आदेश दिएको हो । 
उनलाई सर्वोच्चका रजिस्ट्रार नृपध्वज निरौलाको रोहबर र वरिष्ठ अधिवक्ता शम्भु थापाको जमानीमा आजै थुनामुक्त गर्न आदेशमा भनिएको छ ।
सिलवाल पक्राउ परेलगत्रै सिलवालका तर्फबाट अधिवक्ता पूर्णप्रसाद राजवंशीले सर्वोच्चमा रिट दायर गरेका थिए।
बिहान छानबिनका लागि भन्दै प्रहरीले सिलवाललाई कानुनी परामर्शका लागि अधिवक्ता शम्भु थापाको घरमा बसेका बेला  पक्राउ गरेको थियो । आइजीपी प्रकरणमा सिलवाले अदालतमा पेश गरेको काजजातमा किर्ते गरेको आरोप लागेको छ ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस