किताबी ज्ञानमा मात्र सीमित रहने युवा पुस्ताका लागि प्रदिप अधिकारी (१८) गतिलो उदाहरण बन्न सक्छन् । कक्षा १२ मा अध्ययनरत अधिकारी ‘युट्युबर’ र ‘वेब डेभलपर’ हुन् ।
बिर्तामोड–६ गरामनी निवासी उनले आधा दर्जन वेबसाइट बनाएका छन् भने थुप्रै ‘वेव एप्लिकेसन’ को पनि निर्माण गरेका छन् । उनको ब्लग ‘कोडर प्रदीप’ झापाली युवा पुस्तामाझ लोकप्रिय छ ।
टेक्लोलोजीसँग सम्बन्धित समसामयिक विषय, विभिन्न सफ्ट्वेरहरुको ‘सिरियल कि’/ ‘क्र्याक फाइल’, कक्षा ११ र १२ का लागि कम्प्युटरको ‘प्रोजेक्ट वर्क’ लगायतका खुराकहरु उनको ब्लगमा पाइन्छन् । जुन झापामा अत्यधिक रुचाइएको छ ।
उनको युट्युब च्यानल ‘कोडर प्रदिप’ मा एक हजार ४५१ सस्क्राइबर्स छन् भने हालसम्म ७७ वटा भिडियो अपलोड गरिएका छन् । जहाँ अधिकारीले भिडियो एडिट गनेर् तरिकादेखि लिएर एन्ड्रोइड फोनबाट कम्प्युटर ह्याक गनेर् विधिसम्म सिकाएका छन् ।
साथै, उनले फेसबुकमा धेरै लाइक्स ल्याउनेदेखि लिएर कोही साथीलाई एकैपटकमा एक सय मिसकल गनेर् तरिकाको बारेमा पनि सिकाएका छन् ।

सानै उमेरमा प्रविधिमा मज्जाले भिजेका युवा वेब डेभलोपर अधिकारी अहिले गरामनी क्याम्पसमा कम्प्युटर विषय लिएर कक्षा १२ मा अध्ययन गदैर्छन् ।
उनको प्रतिभा यतिमा मात्र सीमित छैन, उनी विभिन्न विद्यालयहरुमा गएर विद्यार्थीका लागि जनचेतनामूलक तालिम पनि सञ्चालन गर्छन् ।
‘साइबर क्राइमको विषयमा विभिन्न विद्यालयमा गएर तालिमहरु सञ्चालन गनेर् गरेको छु’, विवेचनासँगको भेटमा उनले सुनाए, ‘विर्तामोडमा रहेको इन्डियन इन्सटिच्यूट अफ हाडवेयर एण्ड टेक्नोलोजी अन्तर्गत तालिम दिने गरेको छु ।’
हालसम्म बिर्तामोड नगर क्षेत्रको १५ वटा विद्यालयमा ‘साइबर अवेरनेस’ बारे कार्यक्रम गरिसकिएको उनले सुनाए ।
‘आगामी दिनहरुमा जिल्लाका अन्यत्र ठाउँहरुमा पनि यो कार्यक्रम सञ्चालन हुनेछन्’, उनले भने, ‘यो कार्यक्रमको मुख्य उद्देश्य भनेको टिन एजर्सले सूचना प्रविधिलाई सही रुपमा प्रयोग गर्न सकुन् भन्ने हो ।’
प्रविधिमा प्रगाढ रुचि राख्ने अधिकारी कक्षा ४ मै पढ्दादेखि इलेक्ट्रोनिक सामान र प्रविधिप्रति लगाव राख्थे । कक्षा ८ मा आइपुग्दा गाउँभरिका मानिसहरु फेसबुकको आइडी बनाइमाग्नदेखि लिएर मोबाइलमा विभिन्न एप्लिकेसन हालिमाग्न उनी कहाँ आउँथे ।
पछि एसएलसी दिएर बचेको फुर्सदको समयमा उनले इन्डियन इन्सटिच्युट अफ हार्डवेयर एन्ड टेक्नोलोजी (आइएसटी) मा आएर प्रोग्रामिङको कोर्स गरे । त्यसपछि प्रविधिप्रति उनको लगाव झन् गहिरो बन्दै गयो ।
पछिल्लो समय सामाजिक सञ्जालले युवा पुस्ता माझ ठूलो समस्या निम्त्याउँदै गएको छ । मानिसहरु एकलकाँटे हुँदै गएका छन् । त्योभन्दा पनि गम्भीर समस्याको रुपमा साइबर अपराध बाहिर आएको छ ।
‘सुरुमा म ह्याकिङ सिक्ने भनेर आइएसटी पुगेको थिएँ’, उनले सुनाए, ‘तर, त्यहाँ लक्ष्मी खनाल सरसँग भेट भयो । उहाँले नै मलाई प्रोग्रामिङ सिक्न प्ररित गर्नु भएको हो ।’
त्यसबेला ह्याकर बनेर सबैलाई दुःख दिन्छु भन्ने सोचेर आएको बताउने उनी खनाल सरसँग भेट भएपछि आफ्नो सोचाइ नै बद्लिएको बताउँछन् ।
‘पछि पो थाहा पाएँ, ह्याकर त दुई खाल्को पो हुँदा रहेछन्– ब्लाक र ह्वाइट’, उनले भने, ‘एउटा राम्रो कामको लागि ह्याक गर्ने र अकोर् अरुलाई महत्वपूर्ण डाटामा हानी पुर्याउने ।’
त्यति बेलासम्म उनलाई एचटिएमएल भनेको के हो ? थाहा थिएन । तर, रुचिअनुसारको सिकाइमा उनले चाँडै प्रगति गरे । छोटो अवधिमै उनले एचटिएमएलको बारेमा धेरै ज्ञान हाँसिल गरे ।
पछिल्लो समय सामाजिक सञ्जालले युवा पुस्ता माझ ठूलो समस्या निम्त्याउँदै गएको छ । मानिसहरु एकलकाँटे हुँदै गएका छन् । त्योभन्दा पनि गम्भीर समस्याको रुपमा साइबर अपराध बाहिर आएको छ ।
नक्कली आइडी बनाएर गरेर सामाजिक मर्यादामा आँच पुग्ने किसिमका सामग्री पोस्ट गर्ने, अश्लील तस्वीरहरु पोस्ट गरिदिने, ब्ल्याक मेल गर्ने लगायतका समस्याले विकराल रुप लिँदै गएको छ ।
एकातिर प्रदिपकै वर्गका विद्यार्थीहरु यस्तो कुराको शिकार बन्दै गएका छन् भने अर्कातिर प्रदिप चाहिँ यसको विरुद्धमा काम गरिरहेका छन् । आफू जस्ता टिनएजर्सलाई सचेत बनाउन उनी कम्मर कसेर लागेका छन् ।
उनले १३ वटा वेब साइट आफैंले होस्टिङ गरेका छन् । जसमध्ये दुईवटा न्युज पोर्टल समेत छन् ।
एउटा आफ्नै सोसियल नेटवर्किङ साइट बनाउने उनको दीर्घकालीन योजना छ । साथै, उनी भविष्यमा ‘ह्वाइट ह्याट ह्याकर’ बन्न चाहन्छन् ।





परिवर्तनपरिवर्तन इमोसनइमोसन