संयन्त्रमा संघीय सभाजबादीका तर्फबाट हेमराज राई, दानवहादुर विक, अजम्बर राई काङबाङ गणेश योन्जन, लालध्वज तारमाङ छन् भने नयाँ शक्तिबाट रामचन्द्र झा, दुर्गासेव देवेन्द्र पौडेल, परशुराम तामाङ, र खिमलाल देवकोटा रहेका छन् । त्यस्तै बैठकले केन्द्रको भावना अनुसार प्रदेश, जिल्ला तथा स्थानीय तहमा समेत संयन्त्र गठन गरी तदारुकताका साथ काम सम्पन्न गर्न निर्देशन दिएको छ ।
एक हातले समातेको मसाल चिन्ह लिई पार्टीको तर्फबाट खडा भएका उमेदवारहरुलाई विजयी बनाउन हर सम्भव प्रयास गर्न संयूक्त रुपमा संयूक्त पार्टी पंक्ति परिचालन हुने तथा आपसी विवादहरु आएमा स्थानीय तहमै समाधान गर्न प्रयास गर्ने र समाधान हुन नसके विवाद समाधानका लागि केन्दी्रय संयन्त्रमा पठाउन बैठकले मातहतका तहलाई निर्देशन दिएको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ ।






परिवर्तनपरिवर्तन इमोसनइमोसन