Advertize with us.............

निर्वाचन नचाहनेलाइ जन्ताले लखेट्नु पर्छ

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले एमालेले राष्ट्रियताको नाममा मधेशीलाई अपमान गरेको आरोप लगाउनु भएको छ । देउवाले मधेशीहरुलाई राष्ट्यिताको गलत व्याख्या गरेर तराइका मधेशी जन्ताको भावनामाथि एमालेले भेदभाव गरेको टिप्पणी गरे ।
सुनसरीको इटहरी स्थित नेपाली काग्रेश दुइ नम्बर क्षेत्रिय कमिटिले अयोजना गरेको वृहत जनसभालाइ सम्बोधन गर्नु हुदै देउवाले मधेसी र पहाडी समुदायका बिचमा भेदभाव पैदा गरेको आरोप लगाउनु हुदै उहाले मुलुकलाई अविश्वास, जातीय द्वन्द्व र विखण्डनको बीउ रोप्ने काममा एमाले सक्रिय रहेको भन्दै आक्रोश पोख्नु भयो ।

त्यसतै सभापति देउवाले आफूलाई राष्ट्रवादी भन्नेहरूले नै मधेसका भावनालाई अविश्वास र अपमान गरेको बताउँनु हुदै , ‘वर्षदेखि मिलेर बसेको समाजमा एमालेले कलह सृजना गर्ने प्रयास गरेको बताउनु भयो । नेपाली जन्ताले निर्वाचन चाहेकोले अवकुनै हालतमा पनी निर्वाचन नरोकिने र निर्वाचनकालागी मधेशी जन्ताले मधेशी दल र मधेशी नेतालाइ दवाव समेत दिन देउवाले अग्रह गर्नु भयो ।
कार्यक्रममा भौतिक योजना तथा निर्माण राज्यमन्त्रि सिताराम मेहता नेपाली काग्रशका केन्द्रिय सदस्य मिनकुमार विश्वकर्मा,डिला शर्मा विश्वप्रकाश शर्मा लगायतले वोल्नु भएको थियो ।
त्यसतै नेपाली काग्रेशका स्थानिय नेता तथा दुइ नम्बरका क्षेत्रिय सभापती मणिराम श्रेष्ठ,इटहरी नगरकमिटिका सभापती हेमकर्ण पौडेल,सिजन गुरुङ्घ,विकास केसिले आफ्नो विचार राखेका थिए ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस