Advertize with us.............

सबै मिलेर निर्वाचन सफल पार्नुपर्छ

Image result for photoof mahes acharyaनेपाली काँग्रेसका नेता तथा पूर्व वनमन्त्री महेश आचार्यले सबै मिलेर निर्वाचन सफल पार्नुपर्ने बताए ।
चितवनको रत्ननगरमा आज काँग्रेसको सङ्गठन सुदृढीकरण तथा जागरण अभियानअन्तर्गत भएको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताए ।
नमिलेका कुरा आपसी छलफल र सहमतिबाट टुङ्ग्याउनुपर्नेमा जोड दिँदै उनले निर्वाचन सफल पार्नु अहिलेको प्रमुख काम भएको बताए ।
अहिले आरोप प्रत्यारोपभन्दा पनि देशमा निकास निकालेर संविधान कार्यान्वयनतर्फ जानुपर्ने बेला भएको उनले उल्लेख गरे ।
यो अवस्थामा कोही पनि आन्दोलनमा जान नहुने तर्क उनको थियो । उनले नेपाली काँग्रेस चुनावी रणनीतिमा लागिसकेको भन्दै कार्यकर्तालाई सङ्गठन सुदृढीकरणमा लाग्न निर्देशन दिए ।
चितवनमा राजनीतिक दलहरुको चुनावी अभियानअन्तर्गत कार्यकर्ता प्रशिक्षण, सङ्गठन सुदृढीकरण, पार्टी प्रवेश, सङ्गठनमा नयाँ कार्यसमिति चयनलगायतका कार्यक्रम जारी छ ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लगायत दलका नेता कार्यकर्तासमेत गाउँगाउँ गएर चुनावी अभियान चलाइरहेका छन् । 
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस