सरकारले सङ्घीयतालाई नै खतरामा राखेर स्थानीय तहको निर्वाचन गर्न लागेको सङ्घीय गठबन्धन नेपालले आरोप लगाएको छ ।
गठबन्धनले आज दमकमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै गठबन्धनका नेताहरुले पहिचानवादीलाई छाडेर गरिने चुनावले सङ्घीयतालाई संस्थागत गर्न नसक्ने आरोप लगाएका हुन् ।
विरोधसभामा सहभागी वक्ताले संविधान संशोधन गरे आफूहरु पनि चुनावकै पक्षमा रहेको स्पष्ट पारे ।
विरोधसभामा सहभागी वक्ताले संविधान संशोधन गरे आफूहरु पनि चुनावकै पक्षमा रहेको स्पष्ट पारे ।
तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले सरकारले केन्द्र र प्रदेशको निर्वाचन नगरी स्थानीय तहको निर्वाचन गर्न खोजेर सङ्घीयतालाई खतरामा पार्न लागेको आरोप लगाए ।
उनले पहिचानसहितको अधिकार सुनिश्चित नभएसम्म संविधानलाई स्वीकार्न नसकिने उनको भनाइ थियो । गठबन्धनको मागलाई सरकारले सम्बोधन गरे मात्र निर्वाचनको वातावरण बन्ने यादवले बताए ।
राष्ट्रिय मधेस समाजवादीका अध्यक्ष शरतसिंह भण्डारीले अहिलेको संविधानले भूगोल–भूगोलबीच लडाई सिर्जना गरेको आरोप लगाए । सभामा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले संविधान संशोधन नगरे कुनै पनि हालतमा निर्वाचन हुन नदिने बताए ।
सभालाई सङ्घीय समाजवादी फोरमका उपाध्यक्ष रकम चेम्जोङ, सचिव पर्शुराम बस्नेत, आदिवासी जनजाति महासङ्घका महासचिव नित्यानन्द ताजपुरियालगायतले सम्बोधन गरेको थियो ।




परिवर्तनपरिवर्तन इमोसनइमोसन