Advertize with us.............

नयाँ शक्तिलाई आउन नदिने षड्यन्त्र भयोः बाबुराम

Image result for ph0to of baburam bhattaraiनयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्तिलाई आउन नदिने षड्यन्त्र भइरहेको बताएका छन् ।
संसदमा नभएका दलहरुलाई दलीय चुनाव चिन्ह नदिने गरी कानुन बनाएकोतर्फ संकेत गदर्ैै उनले पुराना राजनीतिक शक्तिहरुले विभिन्न हतकण्ठा प्रयोग गरेर नयाँ शक्तिलाई आउन नदिने षड्यन्त्र रचेको आरोप लगाए शनिबार ललितपुरमा आयोजित राष्ट्रिय युवा अभियानको दोश्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै संयोजक डा. भट्टराईले रातारात गुपचुप ढंगले स्थानीय तह निर्वाचन सम्बन्धी ऐन ल्याएको बताए । यो ऐनमार्फत नयाँ राजनीतिक शक्तिलाई चुनावी प्रतिपर्धाबाट रोक्ने काम भएको भट्टराईले बताए ।
सबै दललाई निर्वाचन चिन्ह नदिएसम्म संघर्ष जारी राख्नुपर्ने भन्दै पूर्व प्रधानमन्त्री भट्टराईले एक पटक विद्रोहमा उत्रन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
नयाँ शक्ति पार्टी नेपालले चुनाव चिन्ह नदिने निर्वाचन आयोगको निर्णय विरुद्ध भोली अर्थात् चैत २० गतेदेखि राजधानी लगायत जिल्लास्थित निर्वाचन कार्यालयमा धर्ना दिनुका साथै विरोध प्रदर्शन गर्ने भएको छ ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस