ओलीले निर्वाचनलाई भाँड्न संशोधनबारे फेरि अर्को ‘र्याङर्याङ’ सुरु भएको भन्दै संविधान संशोधन गर्न फेरि नयाँ बुँदा थपिए त्यो एमालेलाई अमान्य हुने बताएका छन् ।
शनिबार पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘निर्वाचनलाई भाड्न फेरि अर्को र्याङर्याङ सुरु भएको छ । संविधान संशोधन गर्न फेरि नयाँ बुँदा थपिएको छ ।’
उनले उनले सिंहदरबारमा दिनभित्रै मधेसी मोर्चासँग वार्ता हुने गरेको भएपनि त्यो देश बनाउन नभई देश भाँड्नको लागि भएको आरोप लगाउँदै भने, ‘ सिंहदरबारमा दिनदिनै मोर्चासँग वार्ता भइरहेको छ । त्यो वार्ता देश बनाउन होइन भाँड्न हो ।’ उनले ‘मधेसी मोर्चासँग नातिको पालालसम्म वार्ता गर्ने हो कि देश पनि विकास गर्ने हो ?’ भनि प्रश्न समेत गरे ।
विवादित विषयमा सहमति गरी संविधान संशोधन प्रक्रियालाई अघि बढाउन सत्तारुढ दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोचाबीच हिजो बालुवाटारमा करीब सहमति भएको भनि समाचारहरु बाहिर आइरहेको बेला ओलीबाट यस्तो धारणा आएको हो ।
मोर्चाको मुख्य माग सीमाङ्कनको परिवर्तन सुनिश्चितताका लागि संरचना आयोग बनाएर त्यसको कार्यविधि तयार गरी पाँच विषयमा केन्द्रित भई संशोधन अघि बढाउने समझदारी दलबीच भएको छ ।
ती पाँच विषयमा सीमाङ्कनका लागि आयोेग गठन, भाषा, नागरिकता, राष्ट्रियसभामा प्रतिनिधित्व, निर्वाचकमण्डल र संविधानको धारा २७४ लाई परिमार्जनसहित राजनीतिक सहमतिका रुपमा स्थानीय तह जनसङ्ख्याको अनुपातमा थप्ने तथा ती सबै विषयबारे दुई÷तीन दिनभित्रै प्रधानमन्त्रीले आवश्यक छलफल गरी टुङ्गो लगाउने निष्कर्ष बैठकले निकालेको थियो ।
अरु पार्टीको कार्यालयमा साइनबोर्डमात्रै !
सो अवसरमा ओलीले देश एमालेमय भइसकेको दाबी गर्दै अरु पार्टीको कार्यालयमा अर्थहीन साइनबोर्ड झुड्याएको जिकिर गरे ।
‘अहिलेका कयौं राजनीतिक दलहरु केटाकेटीले काडाकुँटी खेलेजस्तो गरिरहेका छन् । केटाकेटीले खेल्दा चामल हुँदैन तर पनि भात पकाएको नक्कल गर्छन् । ती पार्टीहरुमा पनि त्यस्तैछ । साइनबोर्ड झण्ड्याएका छन्, कार्यकर्ता छैनन्’, विपक्षीप्रति कटाक्ष गर्दै ओलीले भने ।
‘अहिलेका कयौं राजनीतिक दलहरु केटाकेटीले काडाकुँटी खेलेजस्तो गरिरहेका छन् । केटाकेटीले खेल्दा चामल हुँदैन तर पनि भात पकाएको नक्कल गर्छन् । ती पार्टीहरुमा पनि त्यस्तैछ । साइनबोर्ड झण्ड्याएका छन्, कार्यकर्ता छैनन्’, विपक्षीप्रति कटाक्ष गर्दै ओलीले भने ।
उनले एमालेले देश बनाउने भन्दै पार्टीका एकताबद्ध हुन समेत आह्वान गर्न भ्याए । उनले आफ्नै लवजमा टुक्का गाउँदै भने , ‘ फर्क फर्क नेपाली दाजुभाई एमालेमै फर्क ।’
सो अवसरमा राप्रपाका सिन्धुपाल्चोकका नेता धर्मराज भण्डारीको नेतृत्वमा सय बढी कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।




परिवर्तनपरिवर्तन इमोसनइमोसन