Advertize with us.............

स्वयम्भूनाथ चैत्यमा विशेष पूजा

Image result for photo of sayambunath– रातो मच्छेन्द्रनाथ व्यवस्थान समितिले आज स्वयम्भूनाथ चैत्यमा विशेष पूजा गरेको छ ।
जात्राका सञ्चालनका समयमा कुनै पनि बिघ्नबाधा नहोस् भनेर विधिविधानपूर्वक समितिका पदाधिकारी, पुजारीलगायतले उक्त पूजा गरेका हुन् ।
अहिलेको मौसममा हावाहुरी तथा चट्याङ पर्ने र रथायात्रामा जोखिम आउन सक्ने खतरा रहेकाले सम्भावित हुन सक्ने अनिष्टबाट सहभागीलाई जोगाउन यस्तो पूजा गर्ने प्रचलन छ ।
अर्को साता हुन लागेको रथ यात्राका लागि स्वयम्भूनाथ चैत्य तथा त्यहाँका देवतासँग अनुमति माग्ने परम्पराअनुसार सो पूजा गरिएको पुजारी विनोद वज्राचार्यले जानकारी दिए ।
काठमाडौँ उपत्यकाको महत्वपूर्ण पर्वका रुपमा लिइने सो जात्राका लागि स्वयम्भूनाथलाई पनि निमन्त्रणा पठाउने चलन छ । स्वयम्भूनाथ चैत्यको उत्पत्ति भएपछि काठमाडौँ उपत्यकाको विकास भएको बौद्धधर्मावलम्बीको विश्वास छ ।
प्राचीन मानिने सो चैत्य आफैं उत्पत्ति भएको र त्यहाँ आजको पूजामा सहभागी भई चैत्यको दर्शन गरेमा मनमा शान्ति तथा पारिवारिक सुख, समृद्धि प्राप्त हुने जनविश्वास छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत सो क्षेत्र विसं २०७२ मा आएको भूकम्पका कारण क्षतिग्रस्त भई अहिले केही स्थान पुनः निर्माण तथा मर्मत कार्य भइरहेको स्वयम्भूनाथ विकास महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले जानकारी दिए । 
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस