Advertize with us.............

आइजी नियुक्तिबारे प्रधानमन्त्रीले खोले मुख, बीचको बाटो रोज्ने जानकारी

Image result for photo of pushpa kamal dahal प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति बारे पहिलो पटक सार्वजनिक रुपमा मुख खोलेका छन्।

शनिबार प्रसारण भएको नेपाल टेलिभिजनको कार्यक्रम सीधा कुरा प्रधानमन्त्रीसँगमा उनले नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति आगामी मन्त्रिपरिषद्को बैठकले गर्ने बताए।

उनले नियुक्तिका क्रममा बीचको बाटो रोज्ने जानकारी दिए। सर्वोच्च अदालतको फैसलाको सम्मान र सरकारको कार्यकारी अधिकार दुबैलाई कायम राख्दै निर्णय लिने उनले बताए।
उनले भने, यो विषय सजिलै टुंगिन्छ।

मन्त्रिपरिषद्को बैठकले डिआइजी जयबहादुर चन्दलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरे पनि सर्वोच्चले वरियता क्रममा तेस्रो र कार्यसम्पादन मूल्याङ्कनमा चौथो नम्बरमा रहेको भन्दै प्रक्रिया नपुर्‍याई गरिएको उनको नियुक्ति बदर गरिसकेको छ।

सर्वोच्चले आफ्नो परमादेशमा नयाँ नियुक्ति गर्दा विगत चार आर्थिक वर्षमा कार्यसम्पादन मूल्याङ्कनमा औसत सबैभन्दा बढी अङ्क प्राप्त गर्नेलाई महानिरीक्षक नियुक्त गर्न आदेश दिएको छ। फैसलामा सबैभन्दा बढी अङ्क नवराज सिलवालको रहेको उल्लेख छ।

नेपाली कांग्रेसको हालैको केन्द्रीय समिति बैठकले सर्वोच्चको फैसलाले सरकारको कार्यकारिणी अधिकार हनन् भएको ठहर गरेको थियो।

प्रधानमन्त्रीले सर्वोच्चको फैसलाको पनि सम्मान र सरकारको कार्यकारी अधिकार दुवैलाई कायम राख्ने विचार व्यक्त भएबाट आगामी आइजी सिलवाल र चन्द बाहेकका दुई उम्मेदवार प्रकाश अर्याल वा बमबहादुर भण्डारीबाट बनाइने संकेत देखिन्छ। सर्वोच्चको फैसलामा उल्लेख भए विपरीत अर्याल कार्यसम्पादन मूल्याङ्कनमा पहिलो नम्बरमा रहेको समाचार पनि गृह मन्त्रालय स्रोतलाई उद्‍धृत गर्दै आएका छन्। 
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस