बरुण नदीमा आएको पहिराका कारण अरुण नदी थुनिएपछि जुनसुकै बेला बाढी अाउन सक्ने भन्दै सुनसरी प्रशासनले सप्तकाेशी किनारमा रहनजे बासिहरूलार्इ सचेत रहन अाग्रह गरेकाे छ अरुण नदीसमेत मिसिएर बन्ने सप्तकाेशीमा बाढीकाे सम्भावित खतरालार्इ मध्यनजर गर्दै सुनसरी प्रसाशनले काेशी अासपासका गाउ तथा किनारमा बस्ने स्थानीयबासीहरूलार्इ सकेसम्म शुरक्षित स्थानमा जान सचेत गराएकाे हाे ।

शुक्रबार प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीको अध्यक्षतामा बसेको जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले काेशीकिनारका बासिन्दाहरूलार्इ चनाखाे रहन र शुरक्षाा निकायहरूलार्इ यथाशिघ्र उद्धारकाे लागि हाइअर्लटमा रहन निर्देशन दिएकाे छ । ।




परिवर्तनपरिवर्तन इमोसनइमोसन