Advertize with us.............

निर्वाचनको तयारी गरिरहेका छन्मधेस दलहरूले

 नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारले मधेस केन्द्रित दलहरुले भित्रभित्रै निर्वाचनको तयारी गरिरहेको जिकिर गरेका छन् । 
अध्यक्ष गच्छदारले मधेस केन्द्रित दलहरूले बाहिर मात्रै निर्वाचनको विरोध गरेको टिप्पणी गरेका छन् । विहीवार विराटनगरमा संचारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष गच्छेदारले परिमार्जन सहित संविधान संशोधन गरिए निर्वाचनको वातावरण बन्न सक्ने उल्लेख गर्दै सरकारलाई सहमतिको वातावरण बनाउन आग्रह गरे । उनले मधेसी मोर्चाले गलत अडान राखेका कारण सहमति बन्न नसकेकोे भन्दै आपत्ति पनि जनाए ।
अध्यक्ष गच्छदारले संविधान संशोधनका लागि प्रमुख तीन राजनैतिक दलबीच सहमति हुनुपर्ने पनि स्पष्ट पारे । उनले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक रहेको पनि स्मरण गराए ।  
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस