इटहरीको शान्ति सुरक्षामा उल्लेखिय परिवर्तन भएको इटहरीवासीले जोड दिएका छन । इलाका प्रहरी कार्यालय इटहरीले आयोजना गरेको अन्तरकृया कार्यक्रममा सहभागी इटहरीवासीले पछिल्लो समय इटहरी शान्त र अपराधीक कृयाकलाप घटेको बताएका हुन् ।
पूर्वी नेपालको केन्द्र विन्दुका रुपमा रहेको इटहरीमा पछिल्लो समयमा आएर विभिन्न गतिविधि थपिएसँगै बढ्दो सुरक्षा चुनौतिका विषयमा सर्वसाधारणसँग इटहरी प्रहरीले अन्तरकृया गरेको हो ।
कार्यक्रममा सहभागी वक्ताहरुले पछिल्लो एक बर्षमा इटहरीको शान्ति सुरक्षा सन्तोषजनक भएको बताउदै थपिदो अपराधीक न्युनिकरण गर्न प्रहरी थप सचेत बन्नु पर्ने बताएका थिए । इटहरी उपमहानगरपालिका बनेसगै जनघनत्व समेतलाई बढेको कारण चुनौतिहरु समेत थपिएको विषयमा प्रहरीले गम्भीर भएर इटहरीलाई सुरक्षाको योजना लागु गर्नुपर्नेमा जोड दिइएको थियो ।कार्यक्रममा बोल्दै पर्यटन व्यवसायी रबिन गौतमले इटहरीको शान्ति सुरक्षाको अबस्थामा सुधार भएको बताए । इटहरीमा व्यवसाय गर्न राम्रो वातावरण बनेको बताउदै व्यवसायीको सुरक्षाको बिषयमा प्रहरी सदैव गम्भीर हुनु पर्ने उनको भनाई थियो । साथै प्रहरी कार्यालयमा मुस्किान सहितको व्यवहार र सेवा लागु नभएको भन्दै प्रहरीले यस बिषयमा पनि सोच्नु पर्ने गौतमको भनाई थियो ।
अन्तरकृयामा बोल्दै माओवादी केन्द्र इटहरीका अध्यक्ष सागर सुवेदीले पनि इटहरीको अपराधीक कार्यहरु घटेको बताउदै पं्रहरीको उपस्थिति बजार तथा टोलमा बढाउनु पर्नेमा जोड दिएका थिए ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीको उपस्थितिमा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेश सुवेदीले सुरक्षा चुनौति हुँदाहुँदै पनि इटहरीवासीको सक्रिय सहयोगमा ती सवै सुरक्षा चुनौतिको सामना गर्न प्रहरी सदैव सक्षम हुने बताए ।
कार्यक्रममा इटहरीका ब्यापारी नागरिक समाज राजनीतिक दलका नेता र सर्वसाधारणले समेतले पछिल्लो समयमा इटहरी र यस आसपासका क्षेत्रमा देखिएका समस्याहरुका विषयमा आ आफ्ना धारणा राखेका थिए । कार्यक्रममा पुर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरी, घरेलु तथा साना उघोग कार्यालय सुनसरीका प्रतिनिधीहरुको समेत उपस्थिति रहेको थियो ।




परिवर्तनपरिवर्तन इमोसनइमोसन