सुनसरीको इटहरीस्थित बजारक्षेत्रको फोहोर उठाउन बन्द गरिएको छ। फोहोर उठाउने जिम्मा पाएको इन्भारो केयर कन्सर्नले बुधबार पत्रकार सम्मेलन गर्दै फोहोर नउठाउने बताएको हो।
ईन्भारो केयर कन्र्सनले बिभिन्न तीन बुँदे माग राख्दै बजार क्षेत्रको फोहोर उठाउन बन्द गरेको जनाएको हो। केयरले फोहोर फ्याँक्ने ठाउँको अभावले फोहोरबाट निस्कने कवाडीबाट आम्दानी गर्न नसकिएको भन्दै सो बापतको क्षतिपुर्ति इटहरी उपमहानगरपालिकाले दिनुपर्ने माग गदै ईटहरी बजार क्षेत्रको फोहोर उठाउन बन्द गरेको जनाएको छ।
एक साता सम्ममा पनी माग पुरा नभए इटहरीका अरु वार्डको समेत फोहोर नउठाउने केयरका कृष्ण भट्टराईले पत्रकार सम्मेलनमा बताउनुभयो। केयरले आर्थिक क्षतिको कुरा उपमहानगरपालिका, इटहरीका राजनीतिक दलसँग पटक पटक राखे पनि बेवास्ता गरेकोले बाध्य भएर फोहोर उठाउन बन्द गर्नुपरेको जनाएको छ।
फोहोर व्यवस्थापनको लागि उपमहानगरपालिकाले मासिक ५लाख ९० हजार उपलब्ध गराउने सम्झौता गरेको छ। इटहरी उपमहानगरपालिकाले साविक खनारमा डम्पिङ साइड निर्माण गर्दैछ। वायो ग्याँस सहितको डम्पिङ साइडका लागि उपमहानगरपालिकाको नयाँ डेण्डर आव्हान गरिसकेको छ। फोहोर फाल्ने ठाउँ अभाव हुँदा हाल चारकोशे जंगलमा फोहोर फ्याकिदै आएको इन्भारो कन्सर्नका अध्यक्ष मानध्वज मोक्तानले बताउनुभयो।




परिवर्तनपरिवर्तन इमोसनइमोसन