Advertize with us.............

गाँजा सहित तीन पक्राउ

सप्तकोशी नदीको बगरमा गाडेको अवस्थामा सुनसरीमा सशस्त्र प्रहरीले १ सय ७५ किलो गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ । भोजपुरबाट नाउमा हाली भारततर्फ लैजान सप्तकोशी बीचको टापुमा रहेको बगरमा गाडेर निस्कीदै गरेका बेला उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भोजपुर हसनपुर १ का २० बर्षीय घनश्याम खड्का, सुनसरी चक्रघट्टी ९ का १८ वर्षीय संजित मुखिया र सुनसरी श्रीपुर ६ का २२ वर्षीय विद्यानन्द मुखिया छन् । पहाडी जिल्लाबाट सप्तकोशी नदी हुँदै गाँजा भारतीय बजारमा तस्करी हुने गरेको छ ।  

अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस