Advertize with us.............

पाथीभरा मन्दिरमा एक वर्षमै दुई करोड वढि भेटीघाटी तथा सहयोग संकलन

ताप्लेजुङमा अवस्थित प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिरमा एक वर्षको अवधीमानै दुई करोड वढि भेटी तथा सहयोग संकलन भएको छ । भक्तजनले चढाएको भेटी तथा सहयोग गरि दुई करोड ३८ लाख संकलन भएको भेटीघाटी व्यवस्थापन समितिले
जानकारी दिएको हो । जिल्ला प्रशासन कार्यालयमा आईतबार संकलित रकम सार्वजानिक गरिएको थियो ।स्थानिय स्तरमा गठित संस्था पाथीभरा देवी मन्दीर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिको खातामा १ करोड ५४ लाख ४६ हजार भेटिघाटी संकलित रहेको समितिका सचिव तारानाथ घिमिरेले बताए । यता भेटिघाटी व्यवस्थापन समितिको खातामा ८३ लाख ६० हजार रहेको पाथीभरा क्षेत्र विकास समितिका सदस्य सचिव उदय भट्टराईले बताए । ११ लाख ६० हजार एक बर्षमा कर्मचारीको तलवमा खर्च गरिएको बताईएको छ ।
सार्वजानिक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरवहादुर खड्काले संकलित रकम गुरुयोजना अनुसार खर्च गरिने बताए । सार्वजनिक कार्यक्रममा स्थानिय विकास अधिकारी नरहरी भण्डारी पाथीभरा क्षेत्र विकास समिति अध्यक्ष सजन पौडेल, संरक्षण समितिका उपाध्यक्ष रणवहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस