Advertize with us.............

नेपाल टेलिकमले पनि सेवाग्राहीलाई लोन दिने

नेपाल टेलिकमले जीएसएम तथा सिडिएमए प्रिपेड सेवाका सेवाग्राहीलाई ब्यालेन्स नहुँदा पनि कल गर्न लोन रकम उपलब्ध गराउने भएको छ। यस सम्बन्धमा नेपाल टेलिकम र हङ्गकङ्गस्थित टेक्साको लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टर प्रा.ली. बीच सम्झौता भईसकेको टेलिकमले जनाएको छ।
सम्झौताअनुसार उपभोक्ताले कम्पनीको जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै सकिएको ब्यालेन्समा लोन रकम उपलब्ध हुनेछ। कम्पनीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच सम्पन्न सो सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र हेमन्त ट्रेड सेन्टर प्रा.ली.को तर्फबाट निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गरेका थिए।
कम्पनीका ग्राहकलाई थप सुविधा प्रदान गर्दै जाने नीति अनुरुप सीडीएमए तथा जिएसएम प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै ब्यालेन्स सकिएपनि कुराकानी निरन्तर भइरहोस भन्ने उद्देश्यले कम्पनीले एयर टाइम क्रेडिटको सुविधा ल्याइएको टेलिकमको भनाई छ।
सो सुविधा प्रयोग गरे वापत थप कुनै अतिरिक्त शुल्क वा ब्याज नलिई उपभोक्तालाई लोन रकम उपलब्ध हुने र रिचार्ज पछि उपलब्ध हुने ब्यालेन्सबाट कट्टा हुनेछ। यो सुविधा सम्झौता भएको मितिले ५महिना भित्रमा सञ्चालन गर्ने लक्ष्य छ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस