सिन्धुलीको कमलामाई नगपालिकामा कार्यरत नापी सर्वेक्षक सन्तोष कुमार श्रेष्ठ घुस सहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका एसपी राजकुमार लम्सालको कमाण्डमा खटिएको टोलिले श्रेष्ठलाई नगरपालिका कार्यालय परिसरबाटै २२ हजार ५ सय घुससहित नियन्त्रणमा लिएको हो ।
कमलामाई नगरपालिका–८ स्थित सरकारले भुकम्प पीडितका लागि उपलब्ध गराएको जग्गामा बाटो सार्वजनिकीकरणका लागि श्रेष्ठले घुस मागेपछी स्थानीयले आयोगको कार्यालयमा खबर गरेका थिए ।

कमलामाई नगरपालिका–८ स्थित सरकारले भुकम्प पीडितका लागि उपलब्ध गराएको जग्गामा बाटो सार्वजनिकीकरणका लागि श्रेष्ठले घुस मागेपछी स्थानीयले आयोगको कार्यालयमा खबर गरेका थिए ।
शुक्रवार भुकम्प प्रभावितसँग नगरपालिकाको कार्यालय परिसरमै घुस लिईरहेका बेला श्रेष्ठलाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरिएको एसपी राजकुमार लम्सालले बताए ।

परिवर्तनपरिवर्तन इमोसनइमोसन