इटहरी÷सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका १२ स्थित सुनसरी मोरङ्ग सिँचाई आयोजना नरहको डिलमा प्रहरी र लागु औषध एवम लुटपाट अपराधमा सम्लग्न रहँदै आएको गिरोहबीच आज दिउँसो २ बजेतिर गोली हानाहान चलेको छ ।
आपराधिक गिरोह र सादा पोशाकमा रहेको प्रहरीबीच गोली हानाहानमा प्रहरीको तर्फबाट कम्तिमा ११ राउण्ड गोली चलेको तथा त्यस घट्नामा तीन जना घाईते भएको सुनसरी प्रहरी उपरीक्षक पोषराज पोख्रेलले जानकारी दिनुभएको छ ।
सुनसरी र मोरङ्गको विभिन्न स्थानमा चोरी लुटपाट र डकैती जस्ता घट्नामा सम्लग्न हुँदै आएका गिरोहमध्येका मोरङ्ग नोचाका ३० बर्षीय सतन सरदार मोरङ्ग टङ्कीका २५ बर्षीय श्रवण सरदार र इटहरीका ४२ बर्षीय शुभलाभ भनिने करिष्मा सरदार प्रहरीसँगको गोली हानाहानमा घाईते भएका छन । घाईते तीनै जानको धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानामा प्रहरीको निगरानीमा उपचार भई रहेको छ ।
सोही गिरोहमा सम्लग्न एक जनालाई प्रहरीले यसअघि नै पक्राउ गरी अनुसन्धान गरिरहेको अवस्थामा प्रहरीले थप गिरोहको गतिविधि अनुसन्धान गरिरहेको अवस्थामा नहर छेउमा फेला परेपछि नियन्त्रणमा लिने क्रममा उनीहरुले प्रहरीमाथि गोली प्रहार गरेपछि प्रहरीले चलाएको जवाफी गोलीपछि प्रहरीले लाएको गोली लागेपछि उनीहरु प्रहरीले नियन्त्रणमा लिन सफल भएको पनि प्रहरी उपरीक्षक पोख्रेलले जानकारी दिनुभयो ।
सो घट्नामा आपराधिक गिरोहमा सम्लग्न भएकाहरुले प्रयोग गर्दै आएको तीन वटा अमेरिकामा निर्माण भएको लेखिएको तीन थान पेस्तौल र अर्का एक थान घरेलु पेस्तौलसँगै घट्नास्थलबाट ती गिरोहका मानिसले चलाउँदै आएको को २२ प ६३६३ नम्वरको मोटरसाईकल समेत बरामद भएको छ । मोटरसाईकल नम्वर भने नक्कली हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
गोली लागेका ती तीनै जनाको अवस्था खतरामुक्त रहेको पनि प्रहरी उपरीक्षक पोख्रेलले जानकारी दिनुहुँदै सो घट्नाका बेलामा ५ जना रहेको र दुई घट्ना हुनासाथ फरार भएकाले उनीहरुको खोजी भई रहेको तथा घट्नास्थल क्षेत्रलाई प्रहरीले कडा सुरक्षा घेरामा राखी खोजतलाश र अनुसन्धान जारी राखेको बताईएको छ ।

परिवर्तनपरिवर्तन इमोसनइमोसन