Advertize with us.............

दुईवटा लाइसेन्स बनाइदिने सर्तमा लिएको ४० हजार नगदसहित अख्तियारको टोलीले पक्राउ

इटहरी÷यातायात व्यवस्था कार्यालय कोसीअन्तर्गतको सवारी चालक अनुमति पत्र वितरण कार्यालयका लेखापाल भूपेन्द्र कटुवाललाई चारपाङ्ग्रे सवारीको दुईवटा लाइसेन्स बनाइदिने सर्तमा लिएको ४० हजार नगदसहित अख्तियारको टोलीले मंगलबार बिहान पक्राउ गरेको छ ।
कार्यालय नजिकैको खोटाङ होटलमा दुईवटा लाईसेन्स बनाइदिने सर्तमा सेवाग्राहीबाट ४० हजार नगद लिएको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट प्रहरी निरीक्षक ओमप्रकाश खनालको नेतृत्वमा गएको टोली बिहान पक्राउ गरेको हो । उनले दुईवटा फारम दर्ता गराउन पनि १५र१५ सय लिएका थिए । स्वागत लजको भित्र गल्लीमा ५ सय रुपैयाँ मात्र लाग्ने दस्तुरमा उनले एक, एक बढी रकम लिएका थिए । स्थानीय तारा पोखरेलले आफूले नै अख्तियार र मिडियालाई घुस काण्डबारे जानकारी गराएको बताए ।
उनले लेखापाल कटुवालले आवश्यकताभन्दा बढी रकम लिएर लाईसेन्स दिने गरेको जानकारी पाएका आधारमा आफूले दिएका नोटहरुको समेत फोटोकपी गरेर अख्तियार बोलाएको बताए । उनले भने, ‘यी लेखापाललाई मैले २०६३ सालदेखि फलो गरेको हुँ अहिले फेला पारेँ ।’ यसअघि सवारी कार्यालयमा बस्दा पनि लेखापालले अवैध तरिकाले रकम लिने गरेको पोखरेलले बताए ।
अख्तियारका प्रहरी निरीक्षक खनालले यातायातमा घुस लिने गरेको गुनासो आइरहेकाले आफूहरुले समेत निगरानी गरिरहेको र अहिले सुराकीमार्फत् घुस लिँदै गरेको अवस्थामा पक्राउ गर्न सफल भएको बताए ।
दुई महिनायता यातायात कार्यालयको सर्बर बिग्रिएर कुनै पनि निवेदन दर्ता, प्रतिलिपि र नयाँ वितरण समेत ठप्प थियो । सवारी चालक अनुमति पत्र वितरण कार्यालयका प्रमुख श्यामकुमार सिंहले अहिले कुनै पनि परीक्षाको निवेदन नलिइएको र जुन दाबी गरिएको निवेदन हो, त्यो कार्यालयमा दर्ता नरहेको बताए ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस