Advertize with us.............

प्रदेशसभा निर्वाचनको एक महिना अगाडि नै गभर्नर वा राज्यपाल नियुक्ति गर्नुपर्ने . को को छन् दौडमा ?


काठमाडौं, २३ कात्तिक । प्रदेशसभाको निर्वाचन आउन अब १८ दिन पनि बाँकी छैन । पहिलो चरणमा ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा मंसिर १० गते चुनाव हुँदैछ । प्रदेशसभा निर्वाचनको एक महिना अगाडि नै गभर्नर वा राज्यपाल नियुक्ति गर्नुपर्ने हुन्छ । सरकारले गभर्नर वा राज्यपालमध्ये एउटा पद तोक्ने गृहकार्य अन्तिम चरणमा पुर्‍याएको छ । त्यसका साथै प्रदेशको अस्थायी राजधानी तोकिने भएको छ । प्रदेशको मुख्यमन्त्रीलाई सपथ खुवाउनका लागि गभर्नरको व्यवस्था गर्न लागिएको बताइएको छ । भारतमा प्रदेश प्रमुखको रूपमा राज्यपाल रहने व्यवस्था छ । नेपालमा भने राज्यपाल नराखेर गभर्नर नाम राख्नुपर्ने विषयमा छलफल चलिरहेको स्रोतले बतायो । प्रदेशसभाका सदस्यको सपथग्रहण तथा अधिवेशन आह्वान प्रदेश प्रमुखले गर्ने प्रावधान संविधानमा भएका कारण छिटै नियुक्त गर्ने र अस्थायी राजधानी तोकिन लागेको हो । प्रदेशको मुख्यमन्त्रीको मर्यादाक्रम केन्द्रीय उपप्रधानमन्त्रीसरह हुने व्यवस्था छ । गभर्नरको मर्यादाक्रम मुख्यमन्त्रीभन्दा माथि हुने र नियुक्ति सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा गरिने प्रावधान संविधानमा छ । एकपटक मन्त्री भइसकेका वा ख्यातिप्राप्त प्राध्यापक एवं वरिष्ठ अधिवक्तामध्येबाट गभर्नर नियुक्ति गर्ने सम्भावना छ । तर, त्यसका लागि पूर्वसचिवहरू दौडमा लागेको बताइएको छ । गभर्नरका लागि निलाम्बर आचार्य, प्रा.कपिल श्रेष्ठ, केदारभक्त माथेमा, कमलनारायण दास, प्रा.जगमान गुरुङ, डा.मदन परियार, भक्तबहादुर बलायर, मिना पाण्डेको नाम चर्चामा आएको छ । यस्तै, पूर्वसचिव शान्तराज सुवेदी, विश्वप्रकाश पण्डितलगायत पनि गभर्नरको दौडमा छन् । प्राप्त जानकारीअनुसार सर्वोच्च अदालतले जहाँ जहाँ उच्च अदालत राखेको छ, त्यहीँ त्यहीँ प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी सरकारको छ । गृह मन्त्रालयले यही अवधारणाअन्तर्गत प्रदेश प्रहरी प्रमुखको कार्यालय स्थापना गर्दैछ । सरकारले प्रदेश १ को राजधानी सुनसरी, २ को जनकपुर, ३ को काठमाडौं उपत्यका, ४ को पोखरा, ५ को दाङ, ६ को सुुर्खेत र ७ को दिपायललाई तोक्ने भएको छ । # मिडिया एनपी बाट #
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस