कात्तिक २९ – अष्ट्रेलिया आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा छनौट भएको छ । होण्डुरससँगको दोश्रो लेग ३-१ ले जित्दै अष्ट्रेलिया आउँदो विश्वकपमा छानिने ३१ औं टिम बनेको हो । 

अष्ट्रेलियालाई दोश्रो पल्ट विश्वकपको मैदानमा पुर्याउन माइल जेडिनकले ह्याट्रिक गरे । फ्रिकिकमार्फत ५३ औं मिनेटमो पहिलो गोल गरेका उनले ७२ औं र ८५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । यसअघि अष्ट्रेलियाले सन् २००६ को विश्वकप खेलेको थियो । इन्जुरी समयमा होन्डुरसका मेयनोर फिगोराले गोल गर्दै अन्तर कम गरे । 

अब न्युजिल्याण्ड र पेरु मध्ये एक टिम आउँदो विश्वकमा छानिने छन् । न्युजिल्याण्डको घरेलु मैदानमा भएको पहिलो लेग बराबरीमा रोकिएको थियो । यी दुईबिचको दोश्रो लेग बिहीबार बिहान पेरुमा हुने छ । यो खेलको विजेता विश्वकपमा छानिने अन्तिम टोली हुने छ ।




परिवर्तनपरिवर्तन इमोसनइमोसन