आईतबार २६ कात्तिक २०७४ इटहरी न्युजडेस्क-
मोरङ क्षेत्र नम्बर १का बाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेद्वार घनश्याम खतिवडाले निर्वाचित भएको ५बर्षभित्रमा काम गर्न नसके आफूले पुन : जनप्रतिनिधिको रुपमा उम्मेद्वार नबन्ने घोषणा गर्नुभएको छ। बिराटनगरमा शनिबार भएको कार्यक्रममा त्यसो भन्नुभएको हो।
मोरङ क्षेत्र नम्बर १का बाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेद्वार घनश्याम खतिवडाले निर्वाचित भएको ५बर्षभित्रमा काम गर्न नसके आफूले पुन : जनप्रतिनिधिको रुपमा उम्मेद्वार नबन्ने घोषणा गर्नुभएको छ। बिराटनगरमा शनिबार भएको कार्यक्रममा त्यसो भन्नुभएको हो।
खतिवडाले आँफु काम गर्नका लागि चुनावमा उठेको भन्दै आँफुले काम गर्न नसके छोड्ने भन्दै पटक–पटक काम गर्न नसक्नेहरु उम्मेद्वार बन्नुनहुने बताउनुभयो। उहाँले पछिल्लो पटक जनप्रतिनिधि भएकाले कुनै काम गर्न नसकेको आरोप लगाउँदै आफ्नो पालामा जनताले पुनः अनुमोदन गर्नेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
तमोर नदीको पानी सुरुङमार्फत डाइभर्सन गरी चिसाङ खोलमा ल्याउने आफ्नो महत्वकांक्षी योजना रहेको भन्दै खतिवडाले आँफुले जिते यो काम गरेरै छोड्ने बताउनुभयो। तीनबर्षभित्रमा आँफ्नो योजनाको काम गर्न सकिने र मोरङ, सुनसरी, झापाको खेतियोग्य जमिनमा सिंचाई सुबिधा प्रयाप्त हुने बताउनुभयो। उहाँले मोरङ्ग क्षेत्र नम्बर १ का सडक निर्माणदेखि पर्यटन क्षेत्रको बिकासका लागि आफू क्रियाशिल हुने बताउनुभयो।
कार्यक्रममा १ नम्बर क्षेत्रअन्तर्गत प्रदेश(क) का उम्मेद्वार तथा माओवादी केन्द्रका नेता कुशल लिम्बूले जनताले बामपन्थीहरुको जित चाहेको उल्लेख गर्दै एमाले र माओवादीको गठबन्धनले चुनाव जित्ने दाबी गर्नुभयो। आफ्नो निर्वाचन क्षेत्रको शिक्षा, स्वास्थ्य, पर्यटन तथा प्राकृतिक स्रोत साधनको उचित उपयोग र संरक्षणका लागि क्रियाशिल हुने लिम्बूले बताउनुभयो। क्षेत्र नम्बर १ मोरङको कर्णालीको रुपमा रहेको भएपनि स्रोत साधनका हिसावले जिल्लाकै अग्रभागमा आउने उहाँले बताउनुभयो।
यस्तै प्रदेशसभा ख का उम्मेद्वार उपेन्द्र घिमिरेले पार्टीको घोषणापत्र अनुरुप काम गर्ने बताउँदै त्यस क्षेत्रका जनताको मत जित्नेगरी बिकास निर्माणमा लागिपर्ने बताउनुभयो। तीनै उम्मेदवारले स्थानीय तह तथा माथिल्लो सरकारी निकायसँग समन्वय गरेर त्यसक्षेत्रको विकासमा महत्वपूर्ण फड्को मार्ने उहाँको भनाई छ।
खबर पूर्वाञ्चलको सहयोगमा




परिवर्तनपरिवर्तन इमोसनइमोसन