Advertize with us.............

प्याब्सन सुनसरी उत्कृष्ट विधार्थी गायकको खोजीमा

इटहरी/ प्याब्सन सुनसरीले आयोजना गरेको जिल्लाभरिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुबीच प्रतिस्पर्धाका लागि आयोजित प्याब्सन गायत तारा प्रतिस्पर्धाका आज प्याब्सन भवन इटहरीमा तेस्रो चरणको प्रतिस्पर्धा सम्पन्न गरिएको छ ।
जिल्लाभरिका २ सय बढि विद्यालयका ६ सय बढि विद्यार्थीहरुले भाग लिएको उक्त प्रतियोगिता अन्तर्गत सफल भएका ५२ प्रतिस्पर्धाबाट टप ट्वान्टी छनौट गरिएको छ । तेस्रो चरणमा छनौट भएका यी प्रतिस्पर्धीबाट अव टप टेन प्रतिस्पर्धीका अन्तिम प्रतिस्पर्धा गराईनेछ ।

प्याब्सन सुनसरी अध्यक्ष सुमित थापाले अन्तिम प्रतिस्पर्धा पहिलो चरणको निर्वाचन सकिए लगत्तै आगामी मङ्सीर १२ दखि १५ को बीचमा सम्पन्न गर्ने तयारी भई रहेको जानकारी दिनुभयो । सोही अवसरमा कार्यक्रम संयोजक ज्ञानु दाहालले विद्यार्थीहरुबीच प्रतिभा प्रष्फुटनका लागि यो प्रतियोगिता आयोजना गरेको बताउनुभयो |
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस