Advertize with us.............

जीवनभर निको नहुने ‘खतरनाक रोग’ जसले कुनै उमेर समूहका मानिसलाई छाड्दैन

काठमाडौं: बालकोटस्थित गोरख पोलिक्लिनिकमा सुवास थापा बुबासँग चेकअपका लागि आए। १९ वर्षीय सुवासको तौल ९० केजी थियो भने उचाइ ५ फिट चार इन्च।
 
उनलाई छिटो-छिटो पिसाव लाग्ने र अत्याधिक तिर्खा लाग्ने गर्थ्यो। भोक लागिरहने, थोरै हिँड्दा पनि थाक्ने र आँखा तिरमिराउने कारणले उनी चिन्तित देखिन्थे।
 
हात खुट्टा करेन्ट लागेजस्तो गरी झमझमाउथे। शरीर कमजोर भएजस्तै गरी रिंगटा लागिरहन्थ्यो। सामान्य चोट निको हुन पनि महिनौँ लाग्ने हुनाले उनको परिवार चिन्तित थियो।
 
सुवासलाई देखिएको लक्षण उनको बुबा दीपकको जस्तै थियो। सबैले शंका गरेका थिए, सुवासलाई पनि बुबालाई जस्तै डायबिटीज भएको छ।
 
स्वास्थ परीक्षणपछि शंका सही ठहरियो -सुवासलाई डायबिटीज देखियो।
 
सुवास सानैदेखि धेरै टिभी हेर्थे। मोबाइलमा गेम खेलेर उनको दैनिकी बित्थ्यो। स्कुलमा साथीहरु फुटबल, क्रिकेट र डान्स क्लासमा भाग लिन्थे। सुवासलाई त्यस्तो क्रियाकलापमा चासो थिएन। घरमा बसेर टीभी हेर्ने र जंक फुड खाने स्वाभावले १९ वर्षकै उमेरमा सुवासले डायबिटीज जस्तो खतरनाक रोग बोक्नुपर्‍यो।
 
अब उनले जीवनभर मन लागेको चिज खान पाउने छैनन् बुबाले जस्तै।
 
अब सुवासले उनको फेबरेट आलुको परिकार खान मिल्दैन्। चकलेट त परै जाओस् चामलको भातबाट पनि उनी टाढा हुनु पर्नेछ।
 
हर्टअट्याक, मृगौला फेल, मष्तिक पक्षघात र अन्धोपन जस्ता धेरै रोगहरुबाट बच्न उनले खानपिनमा अनुशासित हुनु पर्नेछ। डाक्टरले सुवासलाई के खाने के नखाने सबै निर्देशन दिइसकेका छन्।
 
चिल्लो, बोसोयुक्त र गुलियो खानेकुराबाट सुवास टाढै बस्नुपर्नेछ। उच्च कोलेस्ट्रोल हुने खानेकुराहरु चीज, अण्डाको पहेंलो भाग, बोसो भएको मासुहरु खानु हुँदैन। एक घण्टाभन्दा बढी व्यायाम गर्नु उनको दैनिकी हुनेछ।
 
डायबिटीज दीर्घ रोग हो। यसको उपचार पत्ता लागेको छैन। खानपिन, व्यायाम र औषधी खायो भने बिरामीको आयु बढाउन र रोग व्यवस्थापन गर्न सकिन्छ।
 
मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा. प्रिया दर्शनी योन्जन भन्छिन्, ‘रगतमा भएको चिनीको मात्रा घटाउनु र रक्तकोशमा क्षति पुर्‍याउने अन्य तत्वको निवारण गर्नु नै मधुमेहको व्यवस्थापन गर्नु हो। त्यसको लागि डायबिटीजका रोगीहरुले धेरै कुराहरुमा ध्यान दिनुपर्छ।’
 
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वभर ४२२ मिलियन मानिसहरुलाई डायबिटीज छ। सन् १९८० मा १०८ मिलियन मानिसहरुलाई मात्र डायबिटीज थियो।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस