
-,७ असार २०७४,
मेचिनगर ।। नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुर्य उदाउने पुर्वमा एमाले हार्न नसक्ने बताउनु भएको छ । झापाको काकरभिट्टामा नेकपा एमालेले आयोजना गरेको चुनावी सभालाई बुधबार सम्वोधन गर्दै नेता ओलीले सुर्य उदाउने ठाँउमा सुर्य चिन्ह बाहक नेकपा एमालेका उम्मेद्वारले हार्न नसक्ने बताउँदै अन्य दलले आत्म सन्तोष लागि मात्र उम्मेद्वारी दिएको भन्दै ब्यङ्य समेत गर्नु भएको थियो । आसन्न स्थानीय तहको निर्वाचनमा प्रचार प्रसारकालागि झापा आइपुग्नु भएका ओलीले जिल्लाको विभिन्न स्थानको चुनावी सभालाई सम्वोधन गर्नु भएको छ । बुधबार काकरभिट्टमा भएको चुनावी सभामा ओलीले एमाले वालक, वृद्ध बृद्धा लगायत युवाको पनि साझा दल भएकाले एमालेको जित सुनिश्चित भएको बताउनु भयो । एमाले विकास प्रेमी दल भएका कारण त्यसैको परिणाम पहिलो चरणको निर्वाचनमा पनि देखिएको साथै दोश्रो चरणको निर्वाचनमा पनि यो कुरा अझ प्रमाणित हुने उँहाले दावी गर्नु भएको छ । नाकाबन्दीको जस्तो चरम संकटको अवस्थामा पनि एमाले र एमालेको सरकार पछि नहटेको भन्दै ओलीले पश्चिमबाट पनि सुर्य उदाएको अवस्थामा पुर्वमा सुर्य अझ चम्कीने दावी गर्नु भएको छ । एमालेको सरकारले सम्बृद्धिको खाका कोरेकाले पनि बिकास र सम्बृद्धि नचाहनेहरुले चलखेल गरेर सरकार ढालेको भन्दै ओलीले अव मंसिरको चुनाव पछि एमालेको बहुमतको सरकार हुने र बारम्बार सरकार परिवर्तन हुने खेल अन्त्य हुने बताउनु भयो । देशमा भएको सुकुम्वासी समस्या अव केन्द्रमा नपुगी स्थानीय तहमै समाधान गर्न सकिने व्यवस्था आएको भन्दै उँहाले कोहि पनि सुकुम्वासी समस्याबाट पिडित हुनु नपर्ने बताउनु भयो । झपामा ६ लेनका बाटो , झापाबाट रेल सेवाको विस्तार , पर्यटकिय क्षेत्र निर्माण , धार्मिक पर्यटकीय स्थलको संरक्षण, शिक्षा, स्वास्थ, रोजगारी लगायतका विषयमा नेकपा एमालेले बढी प्राथामिकता दिएको उँहाले बताउनु भयो । नेपालमा भएका प्राकृतिक र खानी सम्पदाबाट तेल निकाल्छु , देशमा विकास गर्छु , देशमा शिक्षा , स्वास्थ , यातायातको क्षेत्रमा सुधार गर्छु भन्दा अरुलाई उखान टुक्का लागेको भन्दै नेता ओलीले देश विकासको वाधक नेपाली काङग्रेस र नेकपा माओवादी केन्द्र लगायतका अहिलेका सत्ता घटक दलहरु रहेको बताउनु भयो । ‘‘ कतार धनी हुदा हुन्छ , साउदी अरवेया , वहराईन अरु देश इराक धनी हुदा हुन्छ’’ ओलीले भन्नु भयो ‘‘पेट्रोल बेचेर नेपाल धनी हुदा के हुन्छ ?’’ आफ्नो सरकारले फलाम खानी , युरेनीयम खानी , तेल खानी पत्ता लगाएको साथै उत्तर तर्फबाट यातायात मार्ग खोलेकाले विकास संभाव्यता देखेर विपक्ष्ीाले आफ्नो सरकार ढालेको उँहाले बताउनु भयो । वुढेसकालको साथी एमाले भएकाले वृद्ध वृद्धा , तरुण युवा र वालक मस्तीष्कमा पनि एमालेको छाप परिसकेको भन्दै नेता ओलीले अवको चुनावमा एमालेको जितमा शंखा नर्गन उँहाले आम जनता समक्ष आग्रह गर्नु भयो । एमाले अध्यक्ष ओलीले आफ्नै ठटट्यौली शैलीमा चुनावी प्रसङ्ग निकाल्दै नेता ओलीले अवको चुनावमा एमालेले गोल गर्ने दावी गर्नु भयो । आसन्न चुनावमा केहि प्रतिष्पर्धी पार्टिलाई रातो कार्ड देखाइदिनै भन्दै ओलीले अलिक पछि सम्म चुनाव लड्न केहि प्रतिष्पर्धी दल चाहिने भएका कारण उनीहरुलाई पहेलो कार्ड देखाइदिने बताउनु भयो । तेस्रो चरणकालागि चुनाव भगाएर असोज २ सम्म छेकेर लगेर पनि एमालेले गोल गर्ने उँहाले बताउनु भयो । चुनावी कार्यक्रमलाई एमाले केन्द्रिय वैकल्पिक सदस्य तथा झापा क्षेत्र नम्वर १ सांसद राविन कोइराला , मेचीनगर नगर प्रमुख पदका उमेरद्वार विष्णु प्रसाई , उपप्रमुख पदका उमेरद्वार मिना उप्रेती लगायतले सम्वोधन गर्नु भएको थियो । नगर निर्वाचन परिचालन समिति संयोजक रामचन्द्र उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रमम स्वागत मन्तव्य पार्टिका नेता गोपाल बुढाथोकीले राख्नु भएको थियो भने एमाले जिल्ला सदस्य डिल्ली घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।




परिवर्तनपरिवर्तन इमोसनइमोसन