
लण्डन । इंग्लिस फुटबलका दुई हेभिवेट क्लब चेस्सी र म्यान्चेस्टर युनाइटेडबीचको खेल जहिले पनि रोचक हुने गरेको छ । पछिल्लो समय भने दुई क्लबको प्रतिस्पर्धाभन्दा दुई क्लबका प्रशिक्षकहरुको प्रतिस्पर्धा त्योभन्दा रोचक हुन थालेको छ ।
आइतबार राती सम्पन्न खेलमा फेरि पनि दुई प्रशिक्षकबीच रोचक दृश्य देख्न पाइयो । अल्भारो मोराटोको एक मात्र गोलको मद्दतले चेल्सीले म्यान्चेस्टर युनाइटेडलाई हराउँदा प्रचलित अभ्यासविपरित चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होको हात मिलाउन चाहेनन् ।
यसो त कोन्टे प्रिमियर लिग आएदेखि नै दुईबीच सम्बन्ध सुमधुर छैन । गत सिजन युनाइटेडलाई ४–० ले पराजित गर्दा मोरिन्होले कोन्टेमाथि आवश्यकताभन्दा बढी खुसियाली मनाएको आरोप लगाएका थिए ।
आइतबार पनि मोरिन्होलाई बाइपास गर्दै कोन्टेले खेल सकिने बित्तिकै मैदानमा गएर आफ्ना खेलाडीहरुसँग खुसियाली साटासाट गरेका थिए ।
‘स्पेसल वान’ ले उनको ब्याकरुम स्टाफसँग मात्र हात मिलाए ।

यद्यपि, मोरिन्होले भने दुईबीच कुनै समस्या नरहेको बताउँछन् । ‘के म अब उनलाई पछ्याउँदै मैदानको बीचमा गएर हात मिलाउन जानु ? त्यहाँ जो थिए मैले उनीहरुसँग हात मिलाए,’ मोरिन्होले भने, ‘मलाई लाग्छ उनको एसिस्टेन्टमा उनको भाई पनि थिए । मैले उनीहरुसँग हात मिलाएर मेरो कर्तव्य निर्वाह गरे । म कुदेर गएर उनको पिछा त गर्न सक्दिन नि ।’
उता चेल्सीका प्रशिक्षक कोन्टेले हात मिलाउन वा नमिलाउन ठूलो कुरा नभएको बताए । हात मिलाउन भन्दा जीत महत्वपूर्ण कुरा रहेको उनको जिकिर थियो ।
‘हात मिलाउन महत्वपूर्ण होइन, खेल जित्न महत्वपूर्ण हो,’ उनको भनाई थियो ।
‘हात मिलाउन महत्वपूर्ण होइन, खेल जित्न महत्वपूर्ण हो,’ उनको भनाई थियो ।
जीतपछि चेल्सीले युनाइटेडसँगको दुरी एक अंकमा झार्न सफल भएको छ । ११ खेलपछि २३ अंकसहित युनाइटेड दोस्रो स्थानमा रहेको छ भने साबिक विजेता चेल्सी २२ अंकसहित चौँथो स्थानमा रहेको छ ।




परिवर्तनपरिवर्तन इमोसनइमोसन