Advertize with us.............

रामधुनीमा दिनदाहाडै मोटरसाईल चोरी : प्रहरी चाैकी नहुदा चाेरीका घटना बडदै

इटहरी ।   सुनसरीको रामधुनीमा अवस्थित झुम्का एफ.एममा कार्यरत पत्रकार निशान प्रकृतिको मोटरसाईकल सोमवार साँझ ७ बजे अज्ञात व्यक्तिहरुले चोरी गरी फरार भएका छन । कार्यालय परिसरमा राखेकाे यामाहाको FZ को.२० प. ३३९० नम्बरको मोटरसाइकलको लक फुटाएर चोरी गरी फरार भएका हुन । नियमित रुपमा कार्यालय परिसरमा पाकिंङग गरी राखिएको आफनो काम सकेर बाहिरिदा वाइक चोरी भएको पत्रकार निशान प्रकृति बताएका छन ।
चोरी लगतै इलाका प्रहरी कार्यालय पकलीलाई खवर गर्दा पनि अहिले सम्म कुनै अतो पतो नलागेको प्रकृति बताए । चोरी लगतै खोजी कार्य सुरु गरिएको र सुनसरीका सबै पोष्टहरुमा मोटरसाईकलको नाम, नम्बर टिपाई सकिएको खोजी कार्य तीव्र बनाएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अम्बर बहादुर निरौलाले बताएका छन ।
 रामधुनी नगरपालिका भएको ३÷४ वर्ष विति सक्दा पनि स्थायी रुपले प्रहरी चौकीको स्थापना नहुनु दिन दाहादै चोरी डकैती हुने गरेको स्थानीय वासीको भनाई रहेको छ । स्थानीय निर्वाचन सकिएको सय दिन पुग्दा सम्म पनि निर्वाचित जनप्रतिनिधिले दिगो शान्ति, सुरक्षाको लागि स्थायी प्रहरी चौकी निमार्णमा पहल नगर्नु एवम चासो नदेखाउनुका कारण चाेरिका घटनाहरू बढदै गएकाे स्थानीयहरू बताउछन
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस