Advertize with us.............

केकीको फिल्ममा प्रियंका र ऋचा

काठमाडौं । अभिनयको कारण चर्चामा आउने तर अभिनय गरेका चलचित्रहरू व्यावसायिक रूपमा सफल हुन नसक्ने अभिनेत्रीमा पर्छिन् केकी अधिकारी । लगातार एकपछि अर्को गर्दै चलचित्रको अफर आउन छाडेपछि प्रायः अभिनेत्रीहरूले चलचित्र निर्माणमा हात हालेको पाइन्छ । यस्तै अभिनेत्री केकी अधिकारीले पनि अभिनयसँगै चलचित्र निर्माणमा पनि हात हालेकी छिन् । केही समयअघि केकीले चलचित्र बनाउने भन्ने खबर चलचित्र नगरीमा चर्चा भए पनि सोमबार पत्रकार सम्मेलन गर्दै औपचारिक रूपमा घोषणा गरिएको छ । केकीको निर्माणमा बन्ने ‘कोहलपुर एक्सप्रेस’ मा केकीसँगै प्रियंका कार्की र ऋचा शर्माको मुख्य भूुमिका रहने बताइएको छ । केकीसँगै भद्रबहादुर शाही, देवीलाल न्यौपाने पण्डित र शिवप्रसाद चौलागार्इं पनि फिल्मका निर्माता हुन् ।
‘कोहलपुर एक्सप्रेस’ लाई म्यूजिक भिडियो निर्देशन गर्दै आएका निर्देशक विशाल भण्डारीले निर्देशन गर्दैछन् । यही कात्तिक १३ गतेबाट छायांकन सुरु हुने यो चलचित्रमा विनोद न्यौपाने, बुद्धि तामाङ, रविन्द्र झालगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । केकीको होम प्रोडक्सन हाउस जुनकिरी आर्टस्बाट निर्माण हुने यो चलचित्रमा राजनराज सिवाकोटी, अर्जुन पोखरेल र कालीप्रसाद बाँस्कोटाको संगीत सुन्न सकिनेछ ।
केकीले कार्यक्रममा बोल्दै आफ्ना लागि ‘कोहलपुर एक्सप्रेस’ ड्रिम प्रोजेक्ट रहेको बताइन् ।, ‘मैले जब फिल्म बुझेँ तबदेखि नै फिल्म निर्माण गर्न निकै मन थियो । ‘कोहलपुर एक्सप्रेस’ बाट त्यो सपना पूरा भएको छ ।’ साथै कार्यक्रममा बोल्द्र संगीतकार राजनराजले चलचित्रलाई शुभकामना दिएका थिए । साथै उनले यस चलचित्रमा पनि आफ्नो तर्फबाट राम्रो गीत बनाउने बताएका थिए ।
शान बस्नेतको कथा, अर्जुन तिवारीको छायांकन, लोकेश बज्राचार्यको सम्पादन, गम्भीर विष्टको नृत्य रहने यो चलचित्रले तीन युवतीको कथा भन्नेछ । चलचित्रको सम्पूर्ण छायांकन बाँके जिल्लामा हुनेछ ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस