Advertize with us.............

आयल निगमका कार्यकारी निर्देशक खड्का बर्खास्त, यी हुन् सरकारका अन्य निर्णयहरु

आयल निगमका कार्यकारी निर्देशक खड्का बर्खास्त, यी हुन् सरकारका अन्य निर्णयहरु
काठमाडौं । सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई पदबाट बर्खास्त गरेको छ ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अनियमितता गरेको र विभागीय मन्त्रीलाई अटेर गरेकाले खड्कालाई पदच्यूत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।
झापा, चितवन, रुपन्देही लगायत ठाउँमा निगमका लागि जग्गा खरिद गर्दा भ्रष्टाचार गरेको संसदीय समिति र आपूर्ति मन्त्रालयअन्तर्गतको छानविन समितिले ठहर गरेपछि आपूर्ति मन्त्री शिवकुमार मण्डलले खड्कालाई हटाउने प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेका थिए ।
निजी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु हुने घटना बढेपछि यसको रोकथामका लागि स्वास्थ्य मन्त्रालयअन्तर्गत एक समिति गठन गर्ने र सञ्चारमन्त्रीको प्रेस सल्लाहकारमा छक्कबहादुर खड्कालाई नियुक्त गर्ने निर्णय पनि मन्त्रीपरिषद बैठकले गरेको छ ।
त्यसैगरी मन्त्रिपरिषदको बैठकले आणविक अस्त्र निषेधसम्बन्धी सन्धीमा हस्ताक्षर गर्न उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई अधिकार दिएको छ।
प्रदेश सभा निर्वाचन प्रयोजनका लागि पिछडिएको क्षेत्र र अल्पसंख्यक समुदाय तोकेर राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ।
बैठकले असोज २८ देखि ३० गतेसम्म काठमाडौमा हुन गइरहेको गैरआवासीय नेपाली सम्मेलनका लागि उच्चस्तरिय आयोजक समिति गठन गर्ने निर्णय पनि गरेको छ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस