इटहरी,भदौ २९ गते । मलेसियामा जारी १० बर्ष मुनीको एसीसी पूर्वी क्षेत्रीय प्रतियोगितामा नेपालले सिंगापुरलाई हराँउदै लगातार तेस्रो खेलमा जित निकालेको छ । नेपालले बिहीबार सिंगापुरलाई ७ विकेटले पराजित गरेको हो । सिंगापुरले दिएको ६८ रनको लक्ष्य नेपालले १३.४ ओभरमा ३ विकेटको क्षतिमा पार गर्यो । यस अघि नेपालले थाइल्याण्ड र भुटानलाई हराएको छ । नेपालको जितमा सन्दीप जोरा ७ र सुमित महर्जन १० रनमा नटआउट रहे । ओपनर सन्दीप सुनारले २० तथा आसिफ शेखले ६ रन जोडे । सन्दीपले ३५ बल खेलेर २ चौका प्रहार गरे ।
अनिल साह १८ रनमा आउट भए। अनिलले १५ बल खेलेर ३ चौका प्रहार गरे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर २८.३ ओभरमा ६७ रनमा अलआउट भयो। सिंगापुरको इनिङ ध्वस्त पार्न नेपालका लागि पवन शर्राफले उत्कृष्ट बलिङ गरे। पवनले ६ विकेट हात पारे। यस्तै किशोर महतोले २ विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले १–१ विकेट लिए । जितपछि नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सेमिफाइनलमा अब हङकङ वा मलेसियामध्ये एक टिमसँग शनिबार प्रतिस्पर्धा गर्नेछ।

परिवर्तनपरिवर्तन इमोसनइमोसन