Advertize with us.............

‘राष्ट्रिय चलचित्र अवार्ड’ दशँै अगाडि वितरण गरिने

  काठमाडौँ, २६ भदौ । प्राविधिक कारणले यसवर्ष वितरण गर्न नसकिएको ‘राष्ट्रिय चलचित्र अवार्ड’ दशँै अगाडि वितरण गरिने भएको छ ।

    नेपाल चलचित्र विकास बोर्डले प्रत्येक वर्ष असार १६ गते संस्थाको वार्षिकोत्सवका अवसरमा वितरण गर्दै आएको सो अवार्ड यसपटक बोर्डका पदाधिकारी रिक्त भएका कारण समयमै निर्णय हुन सकेको थिएन । 

    प्रत्येक वर्ष वैशाख १ गतेदेखि चैत मसान्तसम्म निर्माण भएका नेपाली चलचित्र मूल्यांकन गरी वर्षभरको उत्कृष्ट चलचित्र, नायक, नायिका, निर्माता, छायांकन, गीत, लाइभटाइम अवार्डलगायतका विधामा पुरस्कार प्रदान गरिन्छ ।

    पुरस्कार छनोट समितिको सिफारिसका आधारमा राष्ट्रपतिबाट प्रदान गरिँदै आएको प्रत्येक पुरस्कारको राशि रु एक लाख रहेको छ । सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा बोर्डले यस किसिमको कार्यक्रम गर्दै आएको हो ।

    बोर्डको पदाधिकारी छनोटका लागि दरखास्त आह्वान गरिएको अन्तिम म्याद यही भदौ २५ गते सकिएकाले पदाधिकारी छनोटका लागि गृहकार्य भइरहेको छ ।

    सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले समाज रूपान्तरणका लागि चलचित्र क्षेत्र सशक्त माध्यम भएको बताउँदै उक्त कार्यक्रम दशैँ अगाडि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले केही दिनमैै सही उम्मेदवार छनोट गरी नियुक्ति दिने जानकारी दिनुभयो । 

    चलचित्र सेन्सर बोर्डका सदस्य प्रकाश सुवेदीले संस्कृति र कलाको विकासबाटै मुलुकको सभ्यताको पहिचान हुने भएकाले यस्ता राष्ट्रियस्तरका अवार्डलाई समयमै निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । रासस
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस