Advertize with us.............

विद्यार्थीलाई पोशाक वितरण

पाँचथर, २९ भदौ ।त्रिपन्नौँ बालदिवसको अवसर पारेर पाँचथरको फिदिम नगरपालिका वडा नं ४ स्थित बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थीलाई आज पोशाक वितरण गरिएको छ ।
विद्यालयका ४३ जना छात्रछात्रालाई पोशाक वितरण गरिएको फिदिम नगरपालिकाका प्रवक्ता नरेन्द्र गुरुङले जानकारी दिए।
‘बालमैत्री शासन, बालबालिकाको सम्मान’ भन्ने नाराका साथ मनाइएको उक्त दिवसमा फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङले आजका बालबालिका भोलि कर्णधार भएको हुँदा उनीहरुलाई प्रतिभा सिर्जना गर्ने वातावरण बनाइदिन अभिभावक, शिक्षक, र विद्यालय परिवारलाई आग्रह गरे।
बालदिवसकै अवसर पारेर फिदिम–४ स्थित गढी माविमा पनि सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस