पोखरा, २९ भदौ ।राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पछि संविधान पूर्णरुपमा कार्यान्वयनमा आउने बताएका छन्।
मिडिया नेपाल कास्की शाखले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले आफ्नो दलले पनि दुवै तहको निर्वाचनलाई उच्च प्राथमिकता दिएको विचार व्यक्त गर्दै दशैँ र तिहारबीचको समयमा पार्टीले आयोजना गर्ने मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रामा मुलुकले भोग्नुपरेका समस्याबारे जनतालाई सचेत गराइ हिन्दूत्वको भावना जागृत गराउने धारणा व्यक्त गरे।
मुलुकमा निर्वाचनको मिति घोषणा भइसकेको र निर्वाचन आयोगले आचारसंहित लागू गरिसकेपछि पनि सत्तारुढ दलहरुबाट बारम्बार आचारसंहिता उल्लंघनप्रति आयोगलाई ध्यानाकर्षण गराउनु पर्ने स्थिति सिर्जना भएकामा चिन्ता व्यक्त गरे।




परिवर्तनपरिवर्तन इमोसनइमोसन