Advertize with us.............

ओलीको सचिवालयमा हेरेफेरः कसले कुन जिम्मेवारी पाए ?



२६ भदौ,काठमाडौं । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सचिवालय हेरफेर गरेका छन् ।
ओलीको प्रमुख स्वकीय सचिवमा अब राजेश बज्राचार्य रहनेछन् । बज्राचार्य ललितपूरका एमाले कार्यकर्ता हुन् ।
त्यस्तै अनिस दाहाल स्वकीय सचिव भएका छन् । दाहालले संसदीय दल र विकास योजनाहरुको संयोजन गर्ने जिम्मा पाएका छन् ।
एमाले अध्यक्ष ओलीको तर्फबाट प्रेससँग समन्वय गर्ने जिम्मा प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य पत्रकार चेतन अधिकारीले पाएका छन् । अधिकारी ओली प्रधानमन्त्री हुँदा पनि प्रेस संयोजक थिए ।
ओलीले पार्टी केन्द्रीय सदस्य देवराज घिमिरेलाई पार्टी अध्यक्षको तर्फबाट बिभिन्न पार्टीनेता र पार्टी कार्यालयबाट हुने कार्य सम्पादनको जिम्मेवारीमा तोकेका छन् । ओलीको सचिवालयले जारी गरेको प्रेस नोटमा यही टिमनै अध्यक्षको आधिकारिक सचिवालय रहेको प्रष्ट पारिएको छ ।
यसअघि बिभिन्न समयमा ओलीको सचिवालयमा जोडिएका व्यक्तिहरु पनि सचिवालयमै रहेको भन्ने कतिपयलाई पर्ने गरेकाले ओलीले सोमवार आफ्नो सहयोगी टिम तय गरेको स्रोतले जनाएको छ ।

अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस