Advertize with us.............

तेस्रो चरणको स्थानीय तहको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न, ७० प्रतिशत मत खस्यो

इटहरी असोज २ – गतेस्थानीय तहको तेस्रो चरण अन्तर्गतको प्रदेश २ का आठ जिल्लामा आज भएको मतदान सकिएको छ । बिहान ७ देखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो । छिट्फुट घटना बाहेक अधिकांश स्थानमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । विभिन्न जिल्लाका प्राय सबै स्थानमा ७० प्रतिशतको हाराहारीमा मत खसेको छ । प्रदेश २ मा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह छन् । आजको निर्वाचनबाट यी तहमा ६ हजार ६ सय २७ जना प्रतिनिधि निवाचित हुनेछन् । यो चुनावमा ३७ हजार २ सय ३६ उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये महिला १४ हजार ३ सय ७५ (३९ प्रतिशत) र पुरुष २२ हजार ८ सय ६१ (६१ प्रतिशत) छन् । ८ जना उम्मेदवार निर्विरोध निवाचित भइसकेका छन् । नगरप्रमुख तथा गाउँपालिका अध्यक्षमा पुरुष १ हजार ७ सय ९ र महिला ६१ जनाको मात्रै उम्मेदवारी छ । नगर उपप्रमुख वा उपाध्यक्षमा भने पुरुषभन्दा महिला उम्मेदवारको संख्या बढी छ । नगर उपप्रमुख र उपाध्यक्षमा १ सय ९७ जना पुरुष र ९ सय १९ जना महिला उम्मेदवार छन् । वडाध्यक्षमा पुरुष ८ हजार ५२ र महिला २ सय २३ जना उम्मेदवार छन् । यसैबिच प्रदेश नं. २ अन्तर्गत आज भइरहेको तेस्रो चरणको स्थानीय तह चुनावमा सप्तरीको शम्भुनाथ नगरपालिकाबाट एक नक्कली मतदाता पक्राउ परेका छन् । पक्राउ पर्नेमा १९ वर्षीय सञ्जय चौधरी रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । सञ्जयले दुर्गानन्द चौधरीको नामबाट मतदान गर्न नक्कली मतदाता बनेर आएको चुनावमा खटिएका पधाधिकारीले फेला पारेपछि त्यहाँ खटिएका सुरक्षाकर्मीले उनलाई पक्राउ गरेको हो । यसैबिच निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले राजविराज नगरपालिकाबाट मतदान गर्नुभएको छ । राजविराजको वडा नम्बर २ अन्तर्गत पर्ने आधारभुत राजदेवी प्राथमिक विद्यालयको मतदान केन्द्र पुगेर प्रमुख आयुक्त यादवले मतदान गर्नुभएको हो । स्थानीय तहको निर्वाचन प्रदेश दुईका जनताका लागि ऐतीहासिक अवसर रहेको यादवले मतदानपछि प्रतिक्रिया दिनुभयो । मधेशका जिल्लाका सर्वसाधारणमा निर्वाचन प्रति निकै उत्साह देखिएको यादवको भनाई छ । प्रमुख आयुक्त यादव राजविराजका विभिन्न मतदान केन्द्रको अनुगमनमा समेत व्यस्त हुनुभयो ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस