Advertize with us.............

राप्रपा प्रजातान्त्रिको उपाध्यक्षमा रामकुमार सुब्बा

इटहरी, भदौ १३ गते । कमल थापाका दाहिने हातका रुपमा चिनिनु भएका रामकुमार सुब्बाले आधिकारीक रुपमा कमल थापालाई छाड्नु भएको छ । उहाँ राष्ट्रिय प्रजातान्त्र पार्टी (प्रजातान्त्रिक)को उपाध्यक्षमा चयन भएपछि थापा थप एक्लिनु भएको छ । राप्रपा प्रजातान्त्रिको उपाध्यक्षमा रामकुमार सुब्बा र महामन्त्रीमा भने रेशम लामा चयन हुनु भएको छ । पार्टी अध्यक्ष पशुपतिशमशेर राणाको अध्यक्षतामा मंगलबार बसेको बैठकले पार्टीको उपाध्यक्ष र महामन्त्रीमा क्रमशः सुब्बा र लामालाई चयन गरेको हो । पार्टीको संगठन विस्तार गर्न बसेको बैठकले सुब्बा र लामालाई क्षमताको मुल्याकंन गर्दै उपाध्यक्ष र महामन्त्री चयन गरेको नेता सुनिलबहादुर थापाले बताउनु भयो । उहाँले पार्टीले संगठन विस्तारको काम गरिरहेको बताउनु भयो । कमल थापाको नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजन भएर राणाको नेतृत्वमा राप्रपा (प्रजातान्त्रिक) गठन भएको हो। राप्रपा प्रजातान्त्रिक अहिले संगठन विस्तारसँगै चुनावी तयारीमा लागेको छ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस