गणतन्त्र दिवसको बिहान अभिनेत्री श्वेता खड्का अलि बढी हतारमा देखिन्थिन् । मीनभवनको सिभिल अस्पताल अगाडि पुग्दा घरी यता घरी उता गरिरहेकी थिइन् । उनको मोबाइल छिनछिनमा बजिरहन्थ्यो । नयाँ–नयाँ आगन्तुकहरू उनको नजिक पुगेर श्वेताजी, नमस्ते भन्थे । हँसिली श्वेता सबैलाई नमस्ते फर्काउँथिन् ।
श्वेताश्री फाउन्डेसन लेखिएका गाडीहरू लस्करै थिए । आठ नबज्दै सिभिल अस्पतालअगाडि पत्रकार, कलाकार, गन्यमान्य प्रतिष्ठित व्यक्तित्वहरूको जमघट भैसकेको थियो । पूर्व प्रधानसेनापति
रुकमाङ्गत कटवाल, डाक्टर भोला रिजाल, नायक निखिल उप्रेती, कलाकार बसुन्धरा भुसाल, गायक प्रमोद खरेल, हास्यकलाकार जितु नेपाल, उनका परिवारका सदस्यलगायत थुप्रै पत्रकारको बाक्लो उपस्थिीति थियो । एकछिनमा गाडीहरू सिन्धुपाल्चोकको माझी बस्तीतिर हुइँकिए । अभिनेत्री श्वेता खड्काले यो टोलीलाई भूकम्पप्रभावित माझी बस्ती पुर्याउँदै थिइन् । जुन बस्तीमा उनले एउटा सपना देखेकी थिइन् । भूकम्पले ढलेका यहाँका माझीहरू अझै टहरामा बसिरहेका छन् । तिनै विपन्न नागरिकलाई एकीकृत नमुना बस्ती बनाएर उनी हस्तान्तरण गर्न चाहन्छिन्
रुकमाङ्गत कटवाल, डाक्टर भोला रिजाल, नायक निखिल उप्रेती, कलाकार बसुन्धरा भुसाल, गायक प्रमोद खरेल, हास्यकलाकार जितु नेपाल, उनका परिवारका सदस्यलगायत थुप्रै पत्रकारको बाक्लो उपस्थिीति थियो । एकछिनमा गाडीहरू सिन्धुपाल्चोकको माझी बस्तीतिर हुइँकिए । अभिनेत्री श्वेता खड्काले यो टोलीलाई भूकम्पप्रभावित माझी बस्ती पुर्याउँदै थिइन् । जुन बस्तीमा उनले एउटा सपना देखेकी थिइन् । भूकम्पले ढलेका यहाँका माझीहरू अझै टहरामा बसिरहेका छन् । तिनै विपन्न नागरिकलाई एकीकृत नमुना बस्ती बनाएर उनी हस्तान्तरण गर्न चाहन्छिन्
काभ्रेको पाँचखाल पुग्नुअघि चिया, खाजा खान गाडी रोकिए । पत्रकार र अन्य व्यक्तिहरू पहिल्यै पुगिसकेका थिए । अलि पछि पुगेको गाडीबाट ओर्लिए निखिल उप्रेती । उनीसँगै थिए, सञ्चारकर्मी नरेश भट्टराई, महेश राणा, गायक प्रमोद खरेल । उक्त टोलीले खाजा खान आग्रह गर्दा निखिल जान मानेनन् । म यतै बस्छु । नजिकबाट हेरिरहँदा सुनियो— पत्रकारहरू भएको ठाउ कनेक्सन गर्न मन छैन । सायद उनलाई कुनै कुरामा चित्त बुझेको थिएन । उनी पत्रकारहरूसँग बिच्किएका थिए ।
दोलालघाट कटेपछि कच्ची बाटो पार गर्दै सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी, नगरपालिकास्थित माझी बस्ती पुग्दा स्थानीयवासीहरू स्वागत गर्न लामबद्ध देखिन्थे । बाजागाजा, फूलमाला, रातो टीकाले अभिनेत्री श्वेतालाई भव्य स्वागत गरे । उनी आफूलाई पहिरिन खोजेका फूलका माला आफूसँगै हिंड्दै गरेका अन्य कलाकारहरूतिर सोझ्याउँथिन् । प्रचण्ड गर्मीमा पनि त्यहाँ बालबालिकाहरूदेखि वृद्धवृद्धा उपस्थित थिए । यहाँ आयोजित औपचारिक कार्यक्रममा अतिथिहरूको मन्तव्य सुन्न सबै जना धैर्यतापूर्वक बसेका थिए । बस्ती बन्ने खबरले त्यहाँका बासिन्दाहरू उत्साहित देखिन्थे । श्वेताको सपना पूरा होस्, –पूर्व प्रधानसेनापति रुकमाङ्गत कटवालले हौसला थपिदिए— यहाँ दु:ख पाउने सबैको आँसु सुकोस् । निखिल उप्रेतीले श्वेताजस्तै अरूलाई पनि यस्तै सामाजिक काममा लाग्न आग्रह गरे । हास्यकलाकार जितु नेपालले आफ्नो प्रस्तुतिमार्फत मनोरञ्जन दिलाए । त्यस्तै गायक प्रमोद खरेल, राजनराज शिवाकोटी, युवराज चौलागाईंले आफ्ना गीत सुनाएर मनोरञ्जन दिलाए ।
६४ घरधुरी रहेको सिन्धुपाल्चोकको यो माझी बस्तीका झन्डै ४ सय ५० भन्दा बढी नागरिक अहिले पनि टिनको छानोमा दिन काटिरहेका छन् । एकीकृत माझी बस्ती विकास परियोजना नाम दिइएको यो बस्ती गत सोमबार राष्ट्रिय पुननिर्माण प्राधिकरणका सिइओ डा. गोविन्दराज पोखरेल, अभिनेत्री श्वेता र गढी नगरपालिकाका नवनिर्वाचित मेयर अमानसिंह तामाङले संयुक्त रूपमा शिलान्यास गरे । बढीमा अबको एक वर्षभित्र एकीकृत बस्ती निर्माण भैसक्ने श्वेताले बताएकी छिन् । श्वेता अलिकति भावुक तर धेरै खुसी देखिएकी थिइन् । सिन्धुपाल्चोकसँग आफ्नो आत्मिय सम्बन्ध रहेको उनले बताइन् । मलाई यहाँ श्वेता खड्का भनेर होइन, छोरी–बुहारीका रूपमा लिन्छन् । उनले भनिन्— मेरो सपना पूरा भएपछि म झन् खुसी हुनेछु । श्वेताश्री फाउन्डेसनमार्फत उनले माझी बस्ती निर्माण गर्ने काम अघि बढाइरहेकी छिन् । उनलाई विभिन्न ठाउँबाट सहयोग जुट्ने क्रम जारी छ । उक्त अवसरमा श्वेताले आफ्नो अभियानमा साथ दिने, माया दिने, सहयोग गर्ने सबैलाई उनले विशेष रूपमा सम्झना गरिन् । बस्ती निर्माण पूरा नहुन्जेल आफू सक्रिय भैरहने उनले बताइन् ।





परिवर्तनपरिवर्तन इमोसनइमोसन