Advertize with us.............

होटल सञ्चालिका सहित यौनकर्मी पक्राउ

इलाका प्रहरी कार्यालय पथरीले यौन कृयाकलापमा संलग्न पाँचजनालाई पक्राउ गरेको छ। पथरी प्रहरीले पथरी बजारस्थित खोटाङ्गे होटलकी सञ्चालिका ३४बर्षीया सुनीता राई सहितलाई पक्राउ गरेको हो।
पथरी केही होटल तथा लजहरुमा  यौनधन्दा हुने गरेको भन्ने सुचनाको आधारमा यौनधन्दा तथा वेश्यावृतिलाई रोकथाम तथा नियन्त्रण गर्न ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको बिशेष टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको हो।
सादा पोशाकमा खटिएको प्रहरीले सम्भावित होटल तथा लजहरुमा निगरानी र चेकजाँच गर्दा  सञ्चालिका राईले महिला यौनकर्मीलाई सम्पर्क गरी ग्राहक भएको कोठामा पठाई बेश्यावृति गराएको पाईएको प्रहरी निरिक्षकले जनाएको छ
प्रहरीले राईको साथै मोरंग उर्लाबारी मंगलबारेका ३ जना किशोरी र महिला अनि धरान १२का मिलन राईलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरु बिरुद्व थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक कार्कीले बताउनुभयो। पक्राउ परेका युवती र महिला करिव २ बर्ष देखि यौन पेशामा आबद्द भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। पक्राउ परेका पाँचैजना बिरुद्ध कानून बमोजिम कारवाही गरिने कार्कीले जानकारीदिनुभयो।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस