Advertize with us.............

साइबर हमलामा उत्तर कोरियाको संलग्नता’

विश्वका १५० देशका कम्प्युटरलाई प्रभावित तुल्याएको पछिल्लो साइबर आक्रमणमा उत्तर कोरियाको  संलग्नता रहेको हुनसक्ने विज्ञहरुले बताएका छन्।
साइबर आक्रमणसुरक्षा विशेषज्ञहरुले पछिल्लो साइबर आक्रमणमा पनि विगतमा उत्तर कोरिया संलग्न रहेको भनिएको साइबर हमलामा प्रयोग गरिएको जस्तै कम्प्युटर 'कोड'हरु फेला परेको बताएका छन्।
तर विश्लेषकहरुले साइबर आक्रमण उत्तर कोरियाबाटै भएको भनेर अहिले नै ठोकुवा गर्न नमिल्ने बताएका छन्।
यस्तो आशंकाबारे उत्तर कोरियाको औपचारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन।
गत शुक्रबार विश्वभर ब्याङ्क, अस्पताल र सरकारी कार्यालयका कम्प्युटरहरुमा मालवेरले असर गरेको थियो जसका कारण कम्प्युटरहरुले काम गर्न छोडेका थिए।
सो मलवेर देखिएपछि कम्युटरहरु पुन: सामान्य अवस्थामा फर्काउन अनलाइनमार्फत फिरौती रकम मागिएको थियो।
चीनले पछिल्लो साइबर आक्रमणबाट आफ्ना विश्वविद्यालयहरुका कम्प्युटहरुमा पहिले अनुमान गरिएजति धेरै प्रभाव नपरेको बताएको छ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस